Logo

दीपिकाकी प्रबन्धकले श्रद्धा कपुरका लागि ड्रग्सको व्यवस्था गरिदिएको खुलासा



नारकोटिक्स कन्ट्रोल ब्यूरोको सोधपुछमा दीपिकाकी प्रबन्धक जया शाहले चकित पारिदिने खुलासा गरेकी छिन् । एजेन्सीको सोधपुछमा अधिकारीले उनको च्याटबारे सवाल जवाफ गर्दा उनले अभिनेत्री श्रद्धा कपुरका लागि सिबिडी ओयल (गाँजाको तेल) को बन्दोबस्त गरिदिएको बताएकी छिन् ।

जयाले श्रद्धाका लागि गाँजाको तेल अनलाइनमार्फत् मगाएकी थिइन् । यस्तै नम्रता शिरोडकरसँगको च्याटको प्रश्नमा जयाले च्याट त उनकै भएको तर आफूलाई यसबारे केही याद नभएको बताएकी छिन् ।

यसबाहेक उनले सुशान्त सिंह, रिया चक्रवर्ती, फिल्म निर्माता मधु मांटेना वर्मा र आफ्नै लागि पनि गाँजाको तेल मगाएको बताएकी छिन् । जयाले लागुऔषध कारोवारीसँग सम्पर्क भएको आरोप अस्विकार गरेकी छिन् । आफूले ड्रग्सको बन्दोबस्त अनलाइनमार्फत् मिलाएको उनले बताएकी छिन् । बलिउडमा ड्रग्सको कनेक्सनबारे दैनिक खुलासा भइरहेका छन् । सिबिडी त्यो ड्रग्स हो जुन भारतमा प्रतिबन्ध छ ।

 

प्रकाशित मिति : आश्विन ७, २०७७ बुधबार  १२ : ०९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।