Logo

राजनीति

मुख्यमन्त्री राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता



प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता भएको छ।

मुख्यमन्त्री राईमाथि गत पुस १२ गते प्रदेश सभाको विश्वास छैन भनी तत्कालीन नेकपा भित्रका असन्तुष्ट पक्षले दर्ता गराएको अविश्वास प्रस्ताव मंगलबार फिर्ता भएको हो । 

अविश्वासको प्रस्ताव फिर्ता लिनेमा भीमप्रसाद आचार्य, राजेन्द्रकुमार राई, जीवन घिमिरे, गणेशकुमार काङवाङ, तुलसीप्रसाद न्यौपाने, लछुमन तिवारी, उपेन्द्रप्रसाद घिमिरे, लिलाबल्लभ अधिकारी, खिनु लिम्बु, पदमकुमारी गुरुङ, सरिता थापा, सुनिताकुमारी चौधरी, होमकुमारी साँवा, यशोदा अधिकारी, सावित्राकुमारी रेग्मी र सावित्रा जोशी रहेको राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति : चैत्र १७, २०७७ मंगलबार  ८ : ५६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।