Logo

‘प्रेम गीत ३’ नेपाल र भारतमा एक साथ प्रदर्शन तयारी 



नेपालमा दर्शकले प्रतीक्षा गरिरहेको चलचित्र ‘प्रेम गीत ३’ भारतीय दर्शकले समेत हेर्न पाउने भएका छन् । भारतका सिनेमा हलमा नै प्रदर्शन गर्ने गरी अहिले मुम्बईस्थित रियल टच स्टुडियोमा चलचित्रको पोस्ट प्रोडक्सनको काम भइरहेको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिएका छन् । शुक्रवार चलचित्रको हिन्दी डबिङ र सम्पादनको काम सकिएको छ ।

भारतका चलचित्र हलमा रिलिजका लागि विभिन्न वितरक कम्पनीहरूसँग लगातार छलफल भइरहेको सेनले बताएका छन् । चलचित्र नेपाल र भारतका हलमा एकसाथ रिलिज गरिने उनको तयारी छ । स्वर्गीय छेतेन गुरुङ र निर्माता सेनले मिलेर निर्देशन गरेको चलचित्रमा शिव श्रेष्ठ, प्रदीप खड्का, सुनिल थापा, माओत्से गुरुङ, मनिष राउत, पुष्कर कार्की, प्रेम पुरी, लक्ष्मी बर्देवा, योगिशा खत्री, जीवन भट्टराई लगायतको अभिनय रहेको छ । यो चलचित्रबाट क्रिस्टिना गुरुङले नायिकाको रूपमा डेब्यू गर्दै छिन् ।

 

प्रकाशित मिति : चैत्र २३, २०७७ सोमबार  १२ : ०५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।