Logo

सुनको उकालो यात्रामा ब्रेक, कस्तो छ आजको दरभाउ ?



अघिल्लो साता निरन्तर बढेको सुनको मूल्य यस साताको पहिलो कारोबार दिन आईतबार भने दुवै घातुको मूल्य घटेको छ । 

छापावाल सुन आईतबार तोलामा ४ रुपैयाँले घटेर ८९ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको छ । 

गत शुक्रबार छापावाल सुन प्रतितोला ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै तेजाबी सुन पनि आईतबार ४ सय रुपैयाँले घटेर ८९ हजार ५० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । 

आईतबार चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेको छ । आईतबार चाँदी प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

 

प्रकाशित मिति : चैत्र २९, २०७७ आईतबार  १० : ५५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।