Logo

नेपाल र चीनबीच कुनै सिमा विवाद छैन : राजदूत पाण्डे



चीनका लागि नेपाली राजदूत महेन्द्र बहादुर पाण्डेले नेपाल र चीनबीच कुनै सिमा बिवाद नभएको बताएका छन् । चिनियाँ सरकारको मुखपत्रका रुपमा चिनिने ग्लोबल टाइम्पसँग अन्तवार्ता दिदै राजदूत पाण्डेले नेपाल र चीनबीच सिमा बिबाद नरहेको बताएका हुन् ।

चीनसँग पहिला केही समस्या भएपनि चाउ यन लाय चीनको प्रधानमन्त्री भएको समयमा दुवै मुलुक बसेर ती समस्या समाधान गरेको राजदूत पाण्डेको भनाई रहेको छ ।

राजदूत पाण्डेले वर्तमानमा कुनै समस्या नरहेको दाबी समेत गर्नुभएको छ । हुम्लामा चिनियाँ पक्षले नेपाली भूभागमा भवन बनाएको भनी विभिन्न रिपोर्टहरु आइरहेको समयमा चीनका लागि नेपाली राजदूतको सो प्रतिक्रिया आएको हो ।

अन्तर्वार्तामा राजदूत पाण्डेले भारतले नेपालको केही भूभागमा कब्जा जमाएको बताएका छन् । सन् १९६२ मा भारत–चीन युद्धपछि नेपालको कालापानी क्षेत्रमा भारतीय सेना अस्थायी रुपमा बसेको र हालसम्म पनि उक्त भूमि नछाडेकाले समस्या पैदा भएको पाण्डेले जनाइएका छन् ।

प्रकाशित मिति : आश्विन १२, २०७७ सोमबार  १ : ०१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।