Logo

स्वास्थ्य

पत्रकारलाई कोरोना बीमाको रकम



मकवानपुर जिल्लामा क्रियाशील रही यस अगावै कोरोना सङ्क्रमित भएका सात पत्रकारले कोरोना बीमाबापतको रकम पाएका छन्  । नयाँवर्ष २०७८का अवसरमा नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाद्वारा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममार्फत कोरोना बीमाबापतको रु एक लाख उनीहरुलाई हस्तान्तरण गरिएको हो ।

सो रकम पाउनेमा पत्रकार महासङ्घ मकवानपुरका निवर्तमान अध्यक्ष हरि हुमागाई, सचिव गणेश दर्पण अधिकारी, महासङ्घ पूर्वसदस्य सुजन विडारी, केन्द्रीय पार्षद राजन दाहाल (खुशराज), महासंघ सदस्य जीवराज बख्रेल, अनिष लुइँटेल र सहनशीला ढकाल छन्  ।  उनीहरु अघिल्लो वर्ष कोरोना सङ्क्रमित भएका थिए ।

यसै क्रममा महासङ्घ मकवानपुरका केन्द्रीय पार्षद राजन दाहाल (खुशराज) ले कोरोना बीमाबापत पाएको रकमबाट रु १० हजार पत्रकार पेन्सन कोषमा सहयोग गरेका छन्  । साथै महासङ्घ मकवानपुरले नयाँवर्षको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजन गरेको छ ।

प्रकाशित मिति : बैशाख १, २०७८ बुधबार  ४ : २८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।