Logo

चलचित्र ‘डाँडाको वरपीपल’ को पहिलो गीत सार्वजनिक



बुढासुब्बा ओरिजिनलको प्रस्तुतिमा चलचित्र ‘डाँडाको वरपीपल’को गीत सार्वजनिक भएको छ । ‘रुन्छ नि मेरो मन’ बोलको गीतमा शिव मुखियाको संगीत रहेको छ । राजेश पायल राई र सत्यकला राईको स्वर रहेको गीतमा शिव श्रेष्ठ, गौरी मल्ल र सलोन बस्नेत फिचर्ड छन् ।

शोभित बस्नेतको निर्देशन रहेको चलचित्रमा शिव, गौरी र सलोनसँगै रुबिना थापा राजीवजंग बस्नेत लगायतको अभिनय रहेको छ । पारिवारिक कथामा रहेर चलचित्र निर्माण गरिएको निर्देशक बस्नेतले जानकारी गराएका छन् । नवराज गिरिले निर्माण गरेको चलचित्रमा सुशान्त प्रजापतिको छायांकन रहेको छ ।

रामकाजी घिमिरेको लेखन रहेको चलचित्रमा शिव मुखिया र अर्जुन पोखरेलले संगीत भरेका छन् । रोशन श्रेष्ठको द्वन्द्व, गोविन्द राईको नृत्य, नवराज गिरीको शब्द  र रामजी राउतको मुख्य सहायक निर्देशन चलचित्रमा रहेको छ ।

प्रकाशित मिति : बैशाख १७, २०७८ शुक्रबार  १२ : ०९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।