Logo

नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रालाई एक्वायर गर्न राष्ट्र बैंकको सहमती



नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति (एक्वायर) गर्ने सैद्धान्तिक सहमति प्राप्त भएको छ ।

नेपाल राष्ट्र बैंकबाट बैशाख १५ गते सहमति प्राप्त भएको हो । दुई लघुवित्त वित्तीय संस्थाबीच गत माघ ८ गते मर्जर तथा एक्वीजिशन सम्बन्धी सम्झौता भएको थियो ।

महिला सहयात्राको केन्द्रीय कार्यालय मकवानपुरको थाहा नगरपालिकामा छ भने नेशनल माइक्रोफाइनान्सको केन्द्रीय कार्यालय धादिङमा रहेको छ ।

नेशनल माइक्रोफाइनान्सको चुक्तापूँजी २६ करोड ४० लाख रुपैयाँ छ । जसले ४३ वटा जिल्लामा ६५ वटा शाखा कार्यालयबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ।

त्यस्तै,यता ११ करोड चुक्ता पूँजी भएको महिला सहयात्रा लघुवित्तले विभिन्न १८ जिल्लामा सेवा दिँदै आएको छ ।

प्रकाशित मिति : बैशाख १९, २०७८ आईतबार  ३ : ४९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।