Logo

राजनीति

स्वार्थको प्रवृत्तिले नेपाली कांग्रेस र नेकपालाई संकटमा धकेल्यो : बाबुराम भट्टराई



जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले सोच र स्वार्थको प्रवृत्तिले नेपाली कांग्रेस र नेकपा संकटमा फसेको बताएका छन् ।

क्रमशः साउन ६ र ७ गते पर्ने बीपी कोइराला र पुष्पलाल श्रेष्ठको स्मृति दिवसको सन्दर्भमा भट्टराईले यस्तो बताएका हुन् ।

मुखले गुणगान गर्ने तर काम आफ्नै सानो सोच र स्वार्थ अनुरूप गर्ने प्रवृत्तिका कारण नेपाली राजनीति र विशेषतः नेपाली कांग्रेस तथा नेकपालाई संकटमा धकेलेको उनको भनाइ छ ।

‘आधुनिक नेपाली इतिहासका दुई अग्रणी व्यक्तित्व बीपी र पीएलको स्मृति दिवस मनाइरहँदा मुखले उहाँहरूको गुणगान गर्ने तर काम आफ्नै सोच र स्वार्थ अनुरूप गर्ने प्रवृत्तिले समग्र नेपाली राजनीति र विशेषतः नेका र नेकपालाई संरचनात्मक संकटमा धकेलेको कटुसत्य नबिर्सौं,’ सामाजिक सञ्जाल ट्विटरमा भट्टराईले भनेका छन् ।

 

प्रकाशित मिति : श्रावण ७, २०७८ बिहीबार  ९ : ३७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।