Logo

बैंकिङ

सीएसआर कोषको ५ प्रतिशत रकम वित्तीय साक्षरतामा खर्च गर्न राष्ट्र बैंकको निर्देशन



बैंक तथा वित्तीय संस्थाहरुले  संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषको ५ प्रतिशत रकम वित्तीय साक्षरतामा खर्च गर्नुपर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनीक गरेको एककृत निर्देशिका–२०७७ मा यस्तो व्यवस्था गरिएको हो ।

बैंक तथा वित्तीय संस्थाले नाफाको १ प्रतिशत रकम सीएसआर कोषमा राखी खर्च गर्नुपर्ने व्यवस्था यसअघि राष्ट्र बैंकले गरेको छ ।

जसअनुसार सीएसआर कोषमा भएको रकमको ५ प्रतिशत वित्तीय साक्षरता सम्बन्धी विविध कार्यक्रम तथा लक्षित तालिमहरु सञ्चालन गरी महिला तथा सामाजिकरुपले पिछडिएका वर्गलाई वित्तीय सेवा सम्बन्धमा साक्षर बनाई वित्तीय सेवाप्रतिको पहुँच अभिबृद्धिका गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।

प्रकाशित मिति : भाद्र २४, २०७७ बुधबार  १० : ३० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।