OnlinePana

अनलाइन संवाददातामंसिर २७, २०७३

व्यवस्थापिका संसद्मा संविधान संशोधन प्रस्ताव दर्तापछि प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच केही सयमदेखि मनमुटाब कायमै रहेको थियो ।

सोही संशोधन प्रस्तावलाई लिएर एमाले निकट भातृ संगठन अनेरास्ववियुको आन्दोलन निरन्तर रूपमा अगाडि बढ्दै गरेको अवस्थामा एकाएक एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता भएको छ ।

deuwa-oliयी दुई शीर्ष नेताबीचको भेटवार्तालाई लिएर विश्लेषकहरूले राम्रो पक्षका रूपमा चर्चा गरेका छन् । आज एमालेको संसदीय दलको कार्यालय सिंहदरबारमा भएको उक्त भेटवार्तामा दुई शीर्ष नेताबीच संविधान संशोधन प्रस्ताव, स्थानीय निर्वाचन, केही दिनदेखि अवरुद्ध हुँदै आइरहेको संसद् बैठक सुचारु गर्नेलगायत अन्य समसामयिक राजनीतिक घटनाक्रमबारे गहन रूपमा छलफल गरिएको छ ।

उक्त भेटवार्तापछि कांग्रेसका सभापति देउवाले पछिल्लो समयमा दलहरूबीच विश्वासको सङ्कट उत्पन्न भएको हुँदा सहमति र सहकार्यबाट समस्याको समाधान खोज्नुपर्ने विषयमा गहन रूपमा छलफल भएको बताएका छन् ।

गएको केही दिनदेखि संसद्मा दर्ता भएको संविधान संशोधनको विषयलाई लिएर असहमति जनाउँदै आएको प्रमुख प्रतिपक्षी दल एमालेले संसद् बैठक निरन्तर रूपमा अवरुद्ध गर्दै आइरहेको थियो । सोही विषयलाई विशेष प्राथमिकता दिँदै भएको भेटवार्तामा सभापति देउवाले सहमति र सहकार्यबाट अघि बढ्नुपर्नेमा जोड दिएको जानकारी गराए ।

नेकपा एमालेका नेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले दुई दलका शीर्ष नेताबीच भएको समसामयिक विषयमा सौहार्द्रपूर्ण र सकारात्मक छलफल भएको र यसलाई निरन्तरता दिनेबारे छलफल भएको सञ्चारकर्मीहरूलाई जानकारी गराए ।

४४३ पटक
प्रतिकृया दिनुहोस्
Loading...

Ad