OnlinePana

अनलाइनपाना विशेषमंसिर ३०, २०७३काठमाडौं
६७७ पटक

प्रधानमन्त्री पुष्पकमल दाहालको सम्पत्ति विवरण बुधबार सार्वजनिक भएका छन् । खासमा दुई महिनाभित्र सार्वजनिक गर्नुपर्ने सम्पत्ति विवरण करिब चार महिनापछि मात्र सम्पत्ति विवरण सार्वजनिक भएको छ । तर यसमा पनि प्रधानमन्त्रीलगायत धेरै मन्त्रीहरूको सम्पत्ति विवरणमाथी प्रश्न तेर्साउन थालेका छन् । अरूको भन्दा पनि यसपटकको सम्पत्ति विवरण पेश गरेका मध्ये स्वयम् प्रधानमन्त्री पुष्पकमल दाहालको सम्पत्ति सबैभन्दा कम मात्र रहेको देखाएका छन् । प्रधानमन्त्री दाहालले यसरी आफ्नो सम्पत्ति विवरण पेश गर्न आनाकानी गरेजस्तै गरेर खुलस्त नगरेका कारण प्रधानमन्त्री दाहाल नेपाली जनताको तारोसमेत बन्न थालेका छन् ।

श्रोतकाअनुसार प्रधानमन्त्री दाहालका लागि दिएको तलब र अरू भत्ता बापतको पैसा पनि अहिलेसम्म करिब लाखौँ खातामा रहेको श्रोतको दाबी रहेको छ । तर त्यो सबै खुलस्त पार्न प्रधानमन्त्री दाहाल किन चुके ? प्रश्न खडा गर्न थालेका छन् ।

सामान्यतया हरेक व्यक्तिले आफूले जति आम्दानी गरेको हुन्छ अथवा कमाई हुन्छ । त्यसकै आधारमा हरेक मान्छेको खर्च चलेको हुुन्छ । बैंकमा रहेको खाता र त्यसमा तलब बापत मात्रै भए पनि जम्मा हुने नगद उसको सम्पत्ति हो । तर प्रधानमन्त्री दाहालको हकमा भने सो कुरा लागू भएको देखिएन ।

pm-dahalप्रधानमन्त्री दाहालले भरेको सम्पत्ति विवरणसम्बन्धी फारम हेर्दा १० वर्ष पहिले पार्टीमा बुझाएको सम्पत्ति विवरणमा मिल्दो जुल्दो रहेको छ । जसमा सुन केही मात्रामा वृद्धि भएको छ भने घर जग्गामा कमी आएको छ ।

पैसाअनुसारको भर्पाई लेखामा नै बुझाउने गरिन्छ । प्रधानमन्त्रीका लागि दिएको तलब र अरू भत्ता बापतको पैसा पनि अहिलेसम्म लाखौँ खातामा रहेको श्रोतको दाबी रहेको छ । तर प्रधानमन्त्री दाहालले बुधवार आफ्नो नगद विवरणमा छैन भनेर किन लेखे ? यसबाट उनले आफ्नो सम्पत्ति जतिसक्दो लुकाउन खोजेको प्रष्ट देखिन्छ । उनको लाजिम्पाटमा रहेको निवासको महिनाको भाडा मात्रै हिसाब गर्ने हो भने पनि करिब रु. एक लाख ३० हजार अहिले पनि तिर्नु परिरहेको छ । त्यो पैसाको श्रोत कहाँबाट जुट्छ ? प्रधानमन्त्री दाहालले खुलाएको विवरणबाट पुष्टि हुने कुनै आधार देखिएको छैन ।

यी सबै कुरालाई आधार मान्ने हो भने उनको हरेक खर्चहरू अरू कसैले बेहोरिरहेको छ वा नेकपा माओवादी केन्द्रले त्यसलाई मिलाउँदै पो छ की ? जसका कारण उनको सबै चल सम्पत्ति लुकाएका छन् ।

त्यति बेला पनि उनले नगद नभएको र घर घडेरी श्रीमतीसहितको एक कठ्ठा सात धुर (भरतपुर, चितवनमा रहेको र सुनचाँदी तथा गर–गहना दुई तोला सुन रहेको विवरण बुझाएका थिए । १० वर्षमा जग्गा केही घटेको विवरणले देखाएको छ, सुन एक तोला बढेको छ । यो १० वर्षमा उनले गरेको खर्चको तुलना गर्दा उनको आम्दानी त्यसैअनुसार हुनैपर्छ ।

प्रधानमन्त्रीले आफ्नो एक्लो छोरा प्रकाश दाहालसँगै रहेकाले उनीसँग भएको सम्पत्ति पनि प्रधानमन्त्रीको विवरणमा आउनुपर्ने हो तर त्यसको कुनै खबरसमेत छैन । के प्रकाशसँग पनि चल, अचल सम्पत्ति एक पैसा पनि नभएकै हो त ? जुन कुरा सामान्य जो कोहीँले पनि विश्वास गर्न सकिँदैन ।

प्रधानमन्त्री दाहालसँग कम्प्यूटर, मोबाईल छ । तर उनले सम्पत्ति विवरण पेश गर्दा त्योसमेत उल्लेख गरेका छैनन् । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले आफूसँग भएको मोबाईल सेटसमेत सार्वजनिक गरेका थिए । तर प्रधानमन्त्री दाहालले आफूसँग भएको सम्पत्ति लुकाएर र औपचारिकताका लागि मात्र सम्पत्ति विवरण पेश गरेको प्रष्ट बुझ्न सकिन्छ । प्रधानमन्त्री दाहालले कहाँ र किन सम्पत्ति लुकाएर राखे ? अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यसलाई विशेष रूपमा नै अनुसन्धान गर्नु अतिआवश्यक छ ।

र यो कुरा पनि कसैले बिर्सेका छैनन् की प्रधानमन्त्री हुनुभन्दा अगाडि पनि राजधानीका कैयौँ व्यापारिक प्रतिष्ठानमा उनको अर्बौं लगानी रहेको छ । यस्ता कैयौँ कुराहरू छन् तर जनता र सम्बन्धित निकायसमेत यसमा मौन छन् । यदि प्रधानमन्त्री दाहालले समयमै आफूलाई सच्याएर जनतालाई विश्वास लाग्ने गरी पुनः सम्पत्ति विवरण सही रूपमा पेश नगरेको खण्डमा यो कुरालाई लिएर जनताले बारम्बार प्रश्न खडा गरिरहने छन् ।

प्रतिकृया दिनुहोस्
Loading...

Ad
Ad
Loading...