OnlinePana

नारायण प्रसाद अधिकारीपौष ६, २०७३काठमाडौं
१४३६ पटक

आजभोलि ट्राफिक जामलाई व्यवस्थित गर्ने क्रममा महिला एवं पुरुष ट्राफिकहरू विशेष गरी कार्यालय समयमा भ्याई नभ्याई आफ्नो काममा जिम्मेवारीका साथ लागि परेका छन् ।

महानगरीय ट्राफिक प्रहरीहरू यसरी खटिएको देख्दा सवारी चालकहरूलाई दया लाग्नु पनि स्वाभाविक हो । किनकी सडकको धुँवा, धुलो, सवारी साधनको हर्न आदि सहेर आफ्नो ड्युटी पूरा गरिरहेका हुन्छन् । तर उनीहरूले समय–समयमा देखाउने व्यावहारले धेरैजसो सवारी चालकहरू रिसले चुर हुने गरेका पनि छन् ।

कारण हो सवारी चालकले नियम कानुन मिचेपछि हतारमा चिट काटेर जरिवाना तिराउने बेला एक शब्द नबोली लाइसेन्स र ब्लु बुक माग्छन् र सिधैँ ट्राफिक नियम उल्लंघन गरेको कसुर देखाउँदै चिट काट्न थालिहाल्छन् ।

यसमा सवारी चालकहरूको गुनासो भनेको मिजासले कुरा गरेर एक पटकलाई सम्झाई बुझाई वार्तालापमार्फत समाधान गर्नु पर्ने देखिन्छ । तर यस्तो गरिँदैन एकैपटक चिट काटेर सजाँय दिने गरिन्छ । मानौँ सवारी चालकले पैदल यात्रुलाई ठक्कर दिएर ठूलो दुर्घटना गरेको छ, मोटरसाइकल र गाडीलाई ठक्कर दिएको वा ठूलो दुर्घटनामा परेको जस्तो व्यावहार देखाउने गर्दा सवारी चालकहरूलाई बढी रिस उठ्ने गरेको पाइन्छ ।

यसै प्रसङ्गमा एक सवारी चालकसँग कुराकानी गर्ने क्रममा उनले आफ्नो गुनासो यसरी पोखे, ‘म अगाडि स्पेस देखेर जाने क्रममा अलिकति लाइनभन्दा बाहिरबाट आएर भित्र छिरेको ट्राफिकले देखेछ । लाइनमा अलिकति क्रस गरेको देख्ने बित्तिकै मलाई ट्राफिकले जहाँको त्यहीँ समातेर लाइसेन्स र ब्लु बुक मागि हाले अनि एकैचोटि चिट् काटेर दियो ।

यस्तो व्यावहार भनेको सिधैँ एक महिलालाई पुरुषले बलात्कार गरे जस्तै व्यावहार भयो जसले गर्दा जो कोहीँलाई झनक्क रिस उठ्नु पनि स्वाभाविक हो । यसलाई कसरी हुन्छ ट्राफिक प्रहरीहरूले विचार गर्नु अतिआवश्यक छ । उनीहरूको व्यावहार यस्तो छ की जंगलमा बाघले स्याललाई ढुकेर बसे जस्तो व्यावहार देखाउने गरेको छ । यो नेपाली समाजको लागि अलि सुहाउँदो भएन ।’

ट्राफिक प्रहरीहरू प्रति धेरै मानिसहरूको गुनासो विभिन्न थरिका हुन्छन् । कसैलाई ट्राफिक जाममा १० देखि १५ मिनेटसम्म पनि पार्ने कसैलाई दुई मिनेटमै बाटो खोलिदिने गर्दा सवारी चालकहरू ट्राफिक प्रहरीहरूको कुरा काट्ने गरेका पनि छन् । गर्ने भए सबैलाई दुई देखि पाँच मिनेटको अन्तरमा समय मिलाएर बाटो खोलिदिनु उपर्युक्त हुनेछ ।

यस्तै गुनासो पोख्छन् अर्का एक यात्रु ‘मैले जानाजानै लाइन क्रस गरेको होइन । उताबाट साझा बसले पेलेर आएपछि बाटो छोडि दिन भनेर मैले अलि उता साईड लागि दिएको मात्र हो तर ट्राफिकले देखेछ । अगाडि आएपछि लाइसेन्स र ब्लु बुक मागे दिए, एकैचोटि पाँच सयको चिट काटिदिएछ । अनि एकछिन कुराकानी गरे मरी गए कुरा सुन्न तयार भएन ।

अनि चुप लागेर जानुबाहेक मसँग कुनै विकल्प नै छैन । यो भनेको एक महिलालाई हतारमा आएर केटीको रेप गरेजस्तै व्यावहार भयो । रिस त एकदम उठ्यो तर के गर्नु ट्राफिक प्रहरी न पर्यो केहीँ बोल्ने बाटो नै रहेन । मैले साईड दिनु नै मेरो गल्ती भयो, जसलाई ट्राफिक नियम उल्लंघन गर्यो भन्नु उपर्युक्त लाग्दैन । दुर्घटनामै परेको भए म केहीँ भन्ने थिएन ।

यदि यस्तो नहोस् भनेर ट्राफिक प्रहरीहरू आफैँ सचेत हुने हो भने रोड डिभाईडर किन हटाएको ? उनीहरूले दिनमा कति जनालाई यसरी समातेर चिट काट्ने गरेका छन् त्यो राजश्वले के गर्दैछ । न सिग्नल लाईट बनाएको छ ? खाली जनतालाई दुःख दिने मात्र काम भएको जस्तो लाग्छ ।’

अवश्य पनि सवारी चालकले लाइन मिच्ने बित्तिकै ट्राफिक प्रहरीले यसरी चिट काटेर दिनुभन्दा यसको विकल्पको रूपमा भनेको हाललाई पुनः रोड डिभाईडर राखेर भए पनि लाइन क्रस गर्ने र नियम उल्लंघन गर्नेमा कमी आउने सम्भावना बढी छ ।

ट्राफिक प्रहरीले सवारी चालकको सुरक्षाका लागि भनेर नै घटेका छन् तर, यसरी एकैचोटि चिट नै काटेर सजाँय दिनुभन्दा केही नयाँ कुराको प्रयोग गरेको भए राम्रो हुन्थ्यो जस्तै की एउटा डोरीको सहायताले पनि यसलाई कम गर्न सकिन्छ तर यो गरेको पाइँदैन ।

अहिलेको अवस्था हेर्दा कसले लाइन मिचेर खाली ठाउँमा जान खोज्छ उसलाई चिट काट्नु पर्छ भन्ने मनसाय राखेर ट्राफिक प्रहरीहरू चियाएर बस्ने गरेको पाइन्छ । तर यस्तो नगर्नुस् भन्ने कोही हुँदैन ।

लाइन मिचेर भित्र छिरेको देख्ने बित्तिकै दौडेर आएर चालकको लाइसेन्स मागेर एकैचोटि चिट काटिदिनु यो कहाँसम्म न्यायोचित होला ? यसरी चिट काटेर सवारी चालकलाई कारबाही गरेको धेरै समय बितिसक्यो तर एउटा सिग्नल लाईटको राम्रोसँग व्यवस्था गरेको देखिँदैन ।

रोड डिभाईडर र डोरीको व्यवस्था गरेर भए पनि यस्तो नियम उल्लंघन गर्न सचेत गराउन सकिने हुँदाहुँदै पनि त्यसमा ट्राफिकको ध्यान गएको पाइँदैन । यस्तो सानोतिनो कुरामा महानगरीय ट्राफिक प्रहरी प्रभागले पनि एकपटक सोच्ने हो की ?

प्रतिकृया दिनुहोस्
Loading...

Ad
Ad
Loading...