OnlinePana

अनलाइन संवाददातापौष ८, २०७३काठमाडौं
५०० पटक

lokman-onlinepanaअख्तियार दुरूपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथी बिहीबार बयानका लागि सर्वोच्च अदालत पुगेका उनलाई विप्लवले नेतृत्व गरेको नेकपा माओवादी निकट विद्यार्थी संगठनका दुई नेता प्रकाश शाही र चन्द्र बुढाले न्याय दिने प्राङ्गणमै एक उच्च निकायमा बसेर आफ्नो भूमिका निभाई सकेका व्यक्तिलाई कालोमोसो दलेर सुरक्षा निकायमाथी प्रश्न खडा गर्न बाध्य बनाएको छ ।

निलम्बित प्रमुख आयुक्त कार्कीमाथी यसरी न्याय दिने प्राङ्गणमा हातपात गरेर कालोमोसो दलेर उनीहरूले आफ्नो रिस त पोखे तर प्रश्न के उठ्छ भने कार्कीलाई सर्वोच्च अदालतसम्म पु¥याउने सुरक्षाकर्मीहरूले उक्त घटना हुनबाट जोगाउन नसक्नु अर्को गम्भीर प्रश्न उब्जिएको छ ।

कार्कीलाई सुरक्षा दिने व्यक्तिहरूले पनि उक्त घटना हुनबाट जोगाउन सकिन्थ्यो तर छलकपट गरेर दुई विद्यार्थी नेताहरूले आफ्नो काम तमाम गर्नबाट चुकेन । यस्तो संवेदनशील निकाय जहाँ सही र गलतको निर्णय गरेर न्याय दिने गरिन्छ तर त्यही ठाउँमा त्यस्तो घटना हुनु लज्जास्पद र अमर्यादित कार्य हुँदासमेत यसलाई सम्बन्धित निकायहरूले घटनालाई सामान्य रूपमा लिएको छ । सो कार्यले के स्पष्ट हुन्छ भने नेपाली जनता अब कोही पनि सुरक्षित छैन । २४ सै घण्टा डर र त्रास लिएर बाँच्नु पर्ने बाध्यात्मक अवस्था श्रृजना भएको छ भन्ने संकेत दिएको छ ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा मुख्य सचिवसमेत रहेका कार्कीमाथी भएको उक्त कार्यले सामान्य जनताको जिउधनको सुरक्षार्थ अब जनता आफैँ सचेत भएर बस्नु पर्ने अवस्था आएको छ । लोकमानसिंह कार्की जस्तो व्यक्तिमाथी यसरी दुव्र्यावहार हुनुलाई मन्त्रिपरिषद्ले समेत खासै चासो दिएको पाइएन । अख्तियारबाट निलम्बित भएपश्चात् कार्कीविरुद्ध कारबाही अगाडि बढिरहेकै समयमा यस्तो घृणित कार्य हुँदासमेत कोही नेताले अहिलेसम्म एक शब्द बोलेको पाइएको छैन ।

देशका उच्च निकायमा रहेका विशिष्ट व्यक्तिहरूले अहिलेसम्म कार्कीमाथी भएको दुव्र्यावहारलाई लिएर एक शब्द नबोल्नुलाई अर्को शंका गर्न बाध्य बनाएको छ । कार्कीमाथी जुन सर्वोच्च अदालतभित्र भएको घटना थियो त्यो सही लागेर कोही नेताले एक शब्द नबोलेको हो की ? उनीमाथी सर्वोच्च अदालतभित्र नभई अन्यत्र ठाउँमा त्यस्तो घटना भएको भए सामान्य मान्न सकिएला तर सर्वोच्च अदालतको प्राङ्गणमा उक्त घटना घट्दासमेत कसैले केही नबोल्नुमा भने मिलेमत्तोमा त्यस्तो घटना हुन पुगेको हो की भन्ने शंका गर्न पनि बाध्य बनाएको छ । आइन्दा त्यस्तो घटना हुन नदिन सम्बन्धित निकायले पनि आफ्नोतर्फबाट कदम चाल्नुपर्नेमा पनि समयमै उचित ध्यान दिनु आवश्यक छ ।

प्रतिकृया दिनुहोस्
Loading...

Ad
Ad
Loading...