OnlinePana

अनलाइन संवाददातापौष १५, २०७३

यसपटकको नवौँ नेफ्टा अवार्ड दुबईमा सम्पन्न भयो । नेफ्टा सकिएपछि पनि अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह चर्चामा रहिन् । नेफ्टामा उत्कृष्ट नव नायिकाको अवार्ड हात पारेकी उनलाई अवार्डले नभएर उनको लगाएको ड्रेसले चर्चामा ल्याएको हो ।

पिंक कलरको डिजाइनिङ ड्रेसमा सजिएकी उनी अवार्ड पाएर निकै खुसी थिइन् । तर उनको त्यो खुसी भने त्यति प्रभावकारी हुन सकेन । साम्राज्ञीलाई ड्रेसका कारण लज्जित पनि हुनु पर्यो । खास कुरा के भने नेफ्टा अवार्डमा उनी माल फंशनमा परिन् । उनलाई उनकै ड्रेसले धोका दियो ।

त्यहि बखत उनलाई केही पत्रकारहरुले क्यामेरामा कैद गरे । जुन सामाजिक सञ्जालमा भाइरल बन्यो । अहिले उक्त ड्रेसका कारण उनका बारेमा नकारात्मक टिप्पणीहरु भइरहेका छन् । तर उनले भने यो विषयमा अहिलेसम्म केही पनि बोलेकी छैनन् । यसरी मालफंशनमा पर्ने साम्राज्ञी पहिलो अभिनेत्री हैनन् ।

यो भन्दा पहिले पनि केही अभिनेत्रीहरु मालफंशनमा परेका छन् । जसमा करिष्मा मानन्धर, शिल्पा पोख्रेल, प्रियंका कार्की, शुष्मा कार्कीलगायतका अभिनेत्रीहरुको नाम आउँछ ।

करिष्मा मानन्धर

अभिनेत्री करिष्मा मानन्धर सधैँ आफूलाई सुन्दर र हट देखाउने प्रयासमा हुन्छिन् । यहि कारण पनि उनले आफ्नो स्तन माथि एक ट्याटु खोपाइन् । ट्याटुलाई मध्यनजर गर्दै प्राय ड्रेसहरु उनी ट्याटु देखाउने गरी नै डिजाइन गर्न लगाउँछिन् । यहि शिलशिलामा उनी गत वर्ष एक कार्यक्रममै मालफंशनमा परिन् । ट्याटु देखाउने चक्करले उनी समस्यामा परिन् ।

लगाएको ड्रेस फुस्किएपछि करिष्मालाई तनाव भएको थियो । उनले लगाएको गाउन तल झरेपछि उनलाई पर्नु आपत्त परेको थियो ।
त्यसो त करिष्मा यो भन्दा पहिले पनि मालफंशनमा परेकी थिइन् । केही बर्ष पहिले पनि उनले लगाएको छोटो गाउनले भित्रि बस्त्र छोप्न नसकेका कारण उनी चर्चामा आएकी थिइन् ।

शिल्पा पोख्रेल

सिनेमा लज्जाको बेला अभिनेत्री शिल्पा पोख्रेल पनि मालफंशनबाट पीडित हुन पुगिन् । उनले लगाएको छोटो गाउनले उनलाई धोका दियो । या अर्को अर्थमा भन्नु पर्दा उनले छोटो लुगा सम्हाल्न सकिनन् । उनको लुगाले उनी बस्दा उनको भित्रि बस्त्र नै देखिन पुग्यो । जुन केही पत्रकारहरुले आफ्नो क्यामेरामा कैद गरे । उनको यो तस्बिर निकै भाइरल बनेको थियो ।

प्रियंका कार्की

प्रियंका कार्की दुई पटक मालफंशनमा परेकी छिन् । तर उनको चर्चा त्यस समय भयो जब उनी नाई नभन्नु ल २ को सक्सेस पार्टीमा उपस्थित थिइन् । पार्टीमा निलो रंगको मिनिस्कर्ट लगाएकी प्रियंकाले सेतो रंगको भित्रि बस्त्र लगाएकी थिइन् । जुन उनको तस्बिरमा स्पष्ट देखिन्छ ।

प्रियंका जतिसुकै छोटा ड्रेसमा पनि सहज भएर प्रस्तुत हुने अभिनेत्री हुन् । तर त्यस समय उनी मोबाइलमा व्यस्त भएका कारण आफ्नो भित्रि बस्त्र देखिएकै थाहा पाइनन् । मोबाइलमा व्यस्त प्रियंकाका केही तस्वीरहरु क्लिक भए र पछि भाइरल पनि भए ।

शुष्मा कार्की

निकै नै छोटो ड्रेस लगाएर चाइनिज नयाँ वर्षको कार्यक्रममा प्रस्तुती दिँदै गरेकी अभिनेत्री शुष्मा कार्कीले पनि आफ्नो भित्रि बस्त्र देखिएको पत्तो पाइनन् । नृत्यमा माहिर शुष्मा नाचिरहेकी थिइन् तर उनलाई आफू मालफंशनको सिकार भएको पत्तो थिएन ।

यो कुरा सन् २०१२, मलेसियामा सम्पन्न एक कार्यक्रमको हो । त्यसो त शुष्माले आफ्नो परिचय छोटो पहिरनमा रमाउने अभिनेत्रीकै रुपमा बनाएकी छिन् । तर जति सुकै छोटो ड्रेस लगाउने अभिनेत्रीहरु पनि आफ्नो भित्रि बस्त्र देखिएको थाहा पाउँदा भने निकै नै लज्जित हुन्छन् । शुष्मालाई पनि यस्तै भयो ।

बेनिशा हमाल

तपाईँ कहिल्यै मालफंशनमा पर्नु भएको छ भनेर सोध्दा अभिनेत्री बेनिशा हमालले भनिन्, परेको छु । तर यस बारेमा म बोल्न चाहान्न भनेर उनले प्रसंग नै बदलिन् । आफूलाई छोटो ड्रेसमा हट एण्ड बोल्ड देखाउन मन पराउने बेनिशालाई एकपटक लुगाले धोका दिएको छ ।

सन् २०१४ मा एक कार्यक्रममा उपस्थित उनी रातो रंगको गाउनमा सजिएकी थिइन् । उनको गाउनबाट सजिलै भित्रि बस्त्र देखिएको थियो, जुन कुरा त्यतीबेला उनलाई थाहै भएन ।

झरना थापा

बक्स अफिस अवार्ड नोमिनेशनको क्रममा झरना थापा पनि मालफंशनमा परिन् । उनले लगाएको छोटो गाउनले उनको भित्रि बस्त्र पनि छोप्न सकेन जसका कारण उनको पिंक कलरको भित्रि बस्त्र देखिन गयो । पिंक कलरको भित्रि बस्त्र देखिएपछि झरनाका बारेमा नकारात्मक टिप्पणीहरु भएका थिए ।

रिस्ता बस्नेत

दुई बर्षअघि अभिनेत्री रिस्ता बस्नेत पनि सिनेमा अर्धकट्टीको प्रेस मिटको समयमा मालफंशनमा परिन् । उनले लगाएको ड्रेसले उनलाई धोका दियो ।

आफूले लगाएको ड्रेस छोटो भन्ने ख्यालै नगरी बसेकी उनलाई क्यामेरा म्यानहरुले तस्बिर लिएको समेत पत्तो भएन । उनका केही तस्वीरहरु खिचिए र भाइरल भए ।

सिने जगतमा यसरी पटक पटक नायिकाहरु मालफंशन अर्थात लुगाले दिने धोकाबाट लज्जित र आलोचित भए पनि मौका मिल्ने वित्तिकै पुस माघको जाडो नभनी छोटो पहिरन लगाउन पछि पर्दैनन् । उज्यालोबाट

४१३ पटक
प्रतिकृया दिनुहोस्
Loading...

Ad
Loading...