OnlinePana

अनलाइन संवाददातापौष १६, २०७३

aajjani
हिजो सार्वजनिक बिदाको दिन दिउँसो नयाँ बानेश्वरको सडकमा पार्किङ गरिराखेको सरकारी गाडीमाथी अचानक आगजनी भएपछि त्यसको चारैतिरबाट ठूलो विरोध भएको छ ।

व्यवस्थापिका संसद्को दोश्रो ठूलो दल एवं प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालका कार्यकर्ताहरूले सरकारी गाडीमाथी तोडफोड गर्दै आगजनी गरेका हुन् । उक्त आगजनीमा संलग्न व्यक्तिहरू भीआईपी नजिकका अर्थात उच्च पदमा रहेका व्यक्तिहरूकै छत्रछाँयामा बस्ने रहेको खुल्न आएको छ ।

प्रहरी श्रोतकाअनुसार राष्ट्रपति कार्यालयका सहयोगीदेखि ठूला नेताका आफन्तसम्मले यस्तो अराजनीतिक हर्कत गरेको खुल्न आएको हो । आगजनीमा संलग्न, रामजी सापकोटा, विपिन ढकाल, अशोक रावल र सुमित्रा थापा युवा संघका कार्यकर्ता हुन् ।

अशोक रावल पूर्वगृहमन्त्री तथा एमाले उपाध्यक्ष भीम रावलका भतिजो नाता पर्ने व्यक्ति हुन् । यता अर्का कार्यकर्ता सुमित्रा थापा राष्ट्रपति विद्यादेवी भण्डारीको सचिवालयको कर्मचारी हुन् । श्रोतले दिएअनुसार सुमित्राले समेत हिजो राष्ट्रपति कार्यालयको गाडी चढेर युवा संघको कार्यालयमा पुगेकी थिइन् ।

गाडी जलाउनु अघि युवा संघको कार्यालयमा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरूले गाडी जलाउनु पर्ने र नेपाल नै बन्द गर्नुपर्ने धारणा राखेका थिए ।

अर्को अचम्मको कुरा, आगजनीमा संलग्न रावल राष्ट्रिय अनुसन्धान विभागको जागिरे रहेको बुझिएको छ । उनका काका पर्ने भीम रावल गृहमन्त्री भएको बेला उनलाई अनुसन्धानमा जागिर लगाएको श्रोतले बतायो । उनलाई अनुसन्धानको अधिकृतबाट जागिर खुलाइएको थियो । उनी अहिले पनि अनुसन्धानको कर्मचारी नै हुन् श्रोतले भने, ‘उसैले आगजनी गरेछ, यो त अचम्म भयो । उ अनुसन्धानको असई हो ।’

एमाले युवा संघका एक नेताकाअनुसार रावलले युवा संघकै कार्यकर्तालाई समेत ‘म अनुसन्धानको असई हुँ, म विरुद्ध जानेको कल डिटेल ल्याउँछु । जे पनि हुनसक्छ’ भन्दै धम्काउँदै आएका थिए ।

६९१ पटक
प्रतिकृया दिनुहोस्
Loading...

Ad