OnlinePana

अनलाइन संवाददातापौष १६, २०७३काठमाडौं
४८६ पटक

अनेरास्ववियु एनपिआई सिटिइभिटी क्याम्पस कमिटिको भेलाले सुजन ढकालको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।

नवगठित कमिटिको उपाध्यक्षमा सन्दिप रानामगर र गुणेश्वर सिंह, सचिवमा प्रदिप तिवारी, सहसचिवमा मनोज पौडेल र कोषाध्यक्षमा सुजन पाठक रहेका छन् ।यस्तै, भेलाले बिभिन्न विभागका इन्र्चाजहरु पनि तोकेको छ ।

इन्जिनियरिग इन्र्चाजमा महादेवराज पन्त, सहइन्र्चाजमा कमल श्रेष्ठ, कृषि विभाग इन्र्चाजमा नारायण बि.क र सहइन्र्चाज रचना गौत्तम, महिला विभाग इन्र्चाजमा प्रेजु देवकोटा, अखिल फोर्स इन्र्चाजमा गम्भिरजंग खड्का र खेलकुद इन्र्चाजमा जनक थपलिया चयन भएका छन् ।

भेलाको प्रमुख अतिथि अनेरास्ववियु जिल्ला सचिवालय सदस्य एवम् प्राविधिक इन्र्चाज पोषण केसी रहेका थिए ।

प्रतिकृया दिनुहोस्
Loading...

Ad
Ad
Loading...