OnlinePana

अनलाइन संवाददातापौष १७, २०७३काठमाडौं
३२४९ पटक

अहिले पनि नेपाली समाजले अन्तरजातीय विवाहलाई पूर्णरुपमा स्वीकार गर्न सकेको छैन । अन्तरजातीय विवाह गर्ने जोडीमाथि सामाजिक बहिस्कार, भौतिक आक्रमण तथा मानसिक यातनाका समाचार आइरहेका हुन्छन् । पछिल्लो समयमा अन्तरजातीय विवाहलाई विस्तारै स्वीकार गर्दै गएको पनि पाइन्छ । सरकारले अन्तरजातीय विवाह गर्नेलाई प्रोत्साहन भत्ता दिने कार्यक्रमसमेत ल्याएको छ । विडम्बना अन्तरजातिय विवाह गर्नेहरुको लागि अझै सहज वातावारण भने भइसकेको छैन।

केहि नेपाली सेलिब्रेटीहरुले समाजको पुरानो सोचलाई चिर्दै अन्तरजातीय विवाह गर्ने हिम्मत गरेका छन् । अन्तरजातीय विवाह गरेर आफ्नो खुसी र सुखी जीवन बिताइरहेका केही सेलिब्रेटीहरु

karisma-n-b

करिष्मा मानन्धर र विनोद मानन्धर
अभिनेत्रीबाट निर्मात्री बनेकी करिष्मालाई विवाहपछि फस्टाएकी अभिनेत्री भनिन्छ । यस अर्थमा करिष्माको लागि विवाह फलदायी बन्न पुग्यो । करिष्मा मानन्धर र विनोद मानन्धरको अन्तर जातीय विवाह भएको हो । नेवार परिवारका विनोद र क्षत्री परिवारकी करिष्माको प्रेम विवाह भएको थियो । करिष्माले विनोदलाई करियरको सुरुवातमा नै भेटाएकी थिइन् । यहि कारण करिष्मा केसी, करिष्मा मानन्धरका नामले परिचित भइन् । उनका धेरै नयाँ फ्यानहरुलाई उनी केसी हुन भन्ने पनि थाहा नहुन सक्छ । किनकी करिष्मा मानन्धर निकै चर्चित नाम हो । करिष्मा र बिनोद एक छोरी कविताका अभिभावक हुन् । अहिले कविता पनि फिल्म क्षेत्रमा प्रवेश गर्ने हल्ला चलिरहेको छ ।

usa
उषा खड्गी र जीपी तिमल्सिना

सन् २००० की मिस नेपाल उषा खड्गी र सञ्चारकर्मी जीपी तिमल्सिनाको पनि अन्तरजातीय विवाह भएको थियो । बाहुन परिवारका जिपी र नेवार परिवारकी उषाको प्रेम विवाह हो । टेलिभिजन कार्यक्रममा सँगै काम गर्दा उनीहरु एक अर्काको नजिक भए । तर उनीहरुलाई प्रेम गर्न जति सजिलो भयो विवाह गर्न त्यति नै अप्ठ्यारो पनि । हरेक बाधा व्यवधानलाई पार गरेर उनीहरुले आफ्नो प्रेमलाई विवाहमा परिणत गरेरै छाडे । २००२ मा विवाह गरेका उनीहरु अहिले दुई सन्तान, एक छोरा र एक छोरीका अभिभावक भइसकेका छन् ।

bhu
भुवन केसी र शुष्मिता बोम्जन
अभिनेता भुवन केसी र अभिनेत्री शुष्मिता बोम्जनको पनि अन्तरजातीय विवाह भएको हो । एकसाथ काम गर्ने क्रममा माया प्रेम बसेपछि उनीहरुले विवाह गरेका हुन् । भुवन क्षेत्री थिए भने शुष्मिता तामाङ समुदायकी । पहिले नै विवाहित भुवनले पहिलो श्रीमती छाडेर शुष्मितालाई अंगाले । एकअर्कालाई प्रेम गरेर अलग–अलग जातमा विवाह गरेको भएपनि उनीहरुको विवाहले भने लामो यात्रा गर्न सकेन । नायक अनमोल केसीको जन्मपछि उनीहरु एकअर्काबाट अलग भए । श्रीमती शुष्मितासँग अलग भएका भुवन अहिले छोरा अनमोलसँग बस्दै आएका छन् । तर योभन्दा पहिले भुवनको नाम केही महिलाहरुसँग जोडियो । जसमध्ये उनको र जिया केसीको सम्बन्धले सबैलाई चकित पारेको थियो । त्यस्तै शुष्मिताको पनि भारतीय नागरिकसँग नाम जोडिइसकेको छ । भुवन र शुष्मिताका छोरा अनमोल अहिले नेपाली सिनेमाका सुपरस्टारको रुपमा परिचित छन् ।

yss
यश कुमार र रीना खड्गी शाही
सर्लाहीमा जन्मेका यश कुमारले काठमाडौं बाग बजारकी रीना खड्गी शाहीसँग अन्तरजातीय विवाह गरेका हुन् । करियरको सुरुवाती दिनहरुमा एल्बम निकाल्ने यश एल्बमको खोल डिजाइन गर्न बागबजार जाने गर्थे । यहि क्रममा उनको रीनासँग भेट भएको थियो । सुरुमा बोलचाल मात्र हुने उनीहरु केही समयपछि एकअर्का बिना बाँच्न नसक्ने भए । यश कुमार आफू नेपाल भएका कारण नेवारकी छोरीसँग विवाह गर्न ठूलै मेहनत गर्नु पर्यो । विवाहको लागि परिवारको सहमति नहुने भएपछि उनीहरुले भागेर विवाह गरेका हुन् । आज भने यश, रीनाको माइतीमा सबैभन्दा प्यारो ज्वाँइ बनेका छन् । रीना र यशका छोरा नै १३ वर्ष भइसकेका छन् । यश फिल्म र गायनमा सक्रीय छन् भने स्नातक तह उर्तिण गरेकी रीना मैतीदेवीमा रिदम गोल्ड ट्रेड सेन्टर नामको गहना पसल चलाएर बसेकी छिन् ।उज्यालोबाट साभार

प्रतिकृया दिनुहोस्
Loading...

Ad
Ad
Loading...