OnlinePana

अनलाइन संवाददातापौष १८, २०७३

काठमाडौंका आकृष महर्जन र सब्बु शाहीले‘मिस्टर एन्ड मिस ग्ल्यामर्स आइकन २०१६’ को उपाधि जितेका छन् ।शनिबार बेलुका थापाथलीको मुड लाउन्जमा सम्पन्न सो प्रतियोगितामा आकृष र सब्बुले उपाधिसँगै जनही २५ हजार रुपैयाँ र विभिन्न उपहार प्राप्त गरे । यस्तै, मिस्ट र मिसतर्फ फस्ट रनर अप शिव थपलिया एवं अप्सरा सुवेदी र सेकेन्ड रनर अपमा आर्यन विष्ट एवं सोना बज्राचार्य बने ।

सो प्रतियोगिताको उद्घाटन जनसंख्या तथा वातावरणमन्त्री जयदेव जोशीले गरेका थिए । ज्येष्ठ नागरिक कोषको प्रमुख रामकृष्ण कार्माचार्यको सभापतित्वमा सम्पन्न सो प्रतियोगितामा विभिन्न शीर्षकमा प्रतियोगी बीच प्रतिस्पर्धा भएको थियो ।

जसअन्तर्गत मिस्टर एन्ड मिस ट्यालेन्टमा आर्यट विष्ट र भावना तामाङ, फोटोजेनिकमा रविन विष्ट र सलिना बानियाँ, मिस क्याटवाकमा कोमल लामा विजयी भए । सो प्रतियोगिताको कोरियोग्राफी मोडल हन्ट विजेता निर्जन थापाले गरेका थिए ।

अवार्ड समारोहमा गायक धिरज राई, आनन्द कार्कीले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे । यस्तै, कलाकार सुमन कोइरालाको प्रहसन, लिटिल प्रिन्स २०१६ आश्रेय रञ्जितको गायन, लिटिल प्रिन्सेस ट्यालेन्ट खुसी श्रेष्ठको नृत्य तथा सौगात मन्टेश्वरीका साना नानीहरूको नृत्य एवं गायनले कार्यक्रमको रौनकता बढायो ।

ग्ल्यामर्सआइकनको आयोजना, बेटल ग्यालेक्सीको व्यवस्थापन र डीपीएएस इन्टरनेसनलको संयोजनमा सम्पन्न सो प्रतियोगिताको निर्णायकमा गायक आनन्द कार्की, मोडल एवं अभिनेत्री स्वस्तिका राजभण्डारी, मोडल पद्मिनी झा, ब्युटिसियन रुश्का वैद्य श्रेष्ठ, टिचर मोना क्षत्री खनाल, फेसन डिजाइनर सुजन पण्डित थिए ।

३२३ पटक
प्रतिकृया दिनुहोस्
Loading...

Ad