OnlinePana

अनलाइन संवाददातापौष १८, २०७३
नागरिक एकता समाजले विभिन्न सामाजिक क्षेत्रमा योगदान पु(याउने एक दर्जन भन्दा बढी व्यक्तित्वहरुलाई शुक्रबार सम्मान गरेको छ । राष्ट्रिय नाच घर जमलमा एक कार्यक्रम गरी सामाजिक कार्यमा संलग्न १५ जना व्यत्तिहरुलाई परराष्ट्रमन्त्री डा। प्रकाश शरण महत द्धारा सम्मान गरिएको हो ।

परराष्ट्रमन्त्रीे प्रमुख आथित्यतामा सम्पन्न भएको कार्यक्रममा विभिन्न पेशा र व्यवसायमा आवद्ध व्यक्तित्वहरु सम्मानित भएका हुन् । परराष्ट्रमन्त्री महतले लामो समयदेखि वैदेशिक रोजगारीमा विशेष योगदान पु(याउँदै आएका राजधानीको बाँसबारीस्थित आयुष इन्टरनेशनल ओभरसिज सर्भिसेजका प्रबन्धनिर्देशक अमृत विश्वकर्मा, शैक्षिक क्षेत्रमा योगदान पु(याउँदै आएकी गणेशकुमारी हमाल, पिपुल डेन्टल हस्पिटलका संस्थापक अध्यक्ष विद्याभूषण बज्रचार्य, तन्त्र साधना तथा ज्ञान योग केन्द्र नेपालका अध्यक्ष मोहनीप्रसाद कोइराला, कवि कलाकार नरेन्द्रबाबु श्रेष्ठलगायतलाई दोसल्लासहित कदरपत्रले सम्मान गरेका थिए ।

एकता समाजले वैदेशिक रोजगार व्यवसायी विश्वकर्मालाई वैदेशिक रोजगार सेवा सम्मान–२०७३ बाट सम्मानित गरेको हो । उनले आफ्नो कम्पनीबाट हजारौं बेरोजगार नेपालीहरुलाई वैदेशिक रोजगारीको अवसर प्रदान गरी उनीहरुको दुःखमा सुख ल्याउने महत्वपूर्ण काम गरेको स्मरण गर्दै उनको योगानको प्रसंशासहित कदर–पत्र प्रदान गरेको हो ।

एकता समाजले उनको व्यवसायको निरन्तरता, सद्भाव र अभियानमा सफलताको शुभकामना पनि व्यक्त गरेको छ । कार्यक्रमको एकता समाजका अध्यक्ष सिताराम कार्कीले सभापतित्वको आसन ग्रहण गर्दै शुभकामना मन्तव्य राखेका थिए ।

उनले आफ्नो संस्थाले विभिन्न सामाजिक कार्यक्रमा विशेष योगदान पु(याउने व्यक्तित्वहरुलाई हौसला प्रदान गर्न विभिन्न कार्यक्रमहरु समय–समयमा गर्दै आइरहेको बताए । शिरोमणि दवाडीले सञ्चालन गरेको कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो ।

१५२ पटक
प्रतिकृया दिनुहोस्
Loading...

Ad