OnlinePana

पुजन धिताल, काभ्रेपौष २०, २०७३काठमाडौं
२४७ पटक

लोटस काभ्रेको आयोजनामा मोबाइल मर्मत तालिम प्रमाणपत्र वितरण कार्यक्रम सम्पन भएको छ । जनसंख्या तथा बाताबरण मन्त्रि जय देब जोशीको प्रमुख आथीथ्यतामा बनेपा नगरपालिका हलमा सम्पन भएको छ ।

महिने उक्त तालिममा ४० जना सहभागी रहेको जानकारी आयोजक तथा कार्यक्रमका सभापति नारायण प्रसाद सापकोटाले जानकारी गरेएका थए ।

लोटस नेपाल नामक एक नीजि कम्पनीले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी)को सम्बन्धनमा २०७१ साल बैशाख १ गतेदेखि ३ महिना सञ्चालन गरेको तालिम संचालन गरेको हो।

 ४० प्रशिक्षार्थीलाई प्रमाणपत्र बाँड्न उनी मंगलबार दिउँसो बनेपा नगरपालिकाको हलमा आएका थिए । साढे १ घण्टा कार्यक्रममा बिताएका उनले अल स्टार डान्स ग्रुपका बालबालिकाले प्रस्तुत गरेको नृत्य हेर्न भ्याए ।

स्थानीय विकास अधिकारी टेकराज निरौला, काभ्रे उद्योग वाणिज्य संघका सह(सचिव कैलाश पलाञ्चोके, गैरसरकारी संस्था महासंघ काभ्रेका उपाध्यक्ष टोम सापकोटा सहभागी कार्यक्रममा उनले अर्को कार्यक्रममा जानुपर्ने छ भन्ने छोटो मन्तव्य राखे ।

उनले दक्ष जनशक्ति उत्पादन गर्ने अठोट लिएर आयोजित कार्यक्रममा आउने अवसर दिएको भन्दै मन्त्रीले आयोजकलाई धन्यवाद दिए ।

उनले स्वदेशमा नै रोजगारी सिर्जना गर्न सके विदेशीने बाध्यता हट्ने बताए । उनले वातावरणका बारेमा सचेत रहन पनि सहभागी करिब ७५ जनालाई भन्न भ्याए । लोटसले प्रतिव्यक्ति १५ हजार लिएर ४० जनालाई २ वर्षअघि ३ सय ९० घण्टे तालिम चलाएको थियो । तालिम लीएर सिप सिकेका सहभागी हरुलाई सिपको सदुपयोग गर्न जोशीले आग्रह गरेका थीए ।

प्रतिकृया दिनुहोस्
Loading...

Ad
Ad
Loading...