OnlinePana

अनलाइन संवाददातापौष २०, २०७३

तिन दर्जन बढी म्युजीक भिडियोमा मोडलिङपछी चलचित्र क्षेत्रमा उदाएकी प्रतिक्षा खड्कालाई लाग्छ, ‘सुन्दरता धेरै समय टिक्दैन’ । उनी आफूलाई नायिका भन्दा पनि एउटा सम्मानित कलाकार बन्न मन लागेको खुलाईन् ।

उनि भन्छ्नि, ‘मलाई नायिका भन्दा पनि सम्मानित कलाकार बन्न मन छ । सुन्दरता त सबैमा हुन्छ । तर, अन्त्यमा चल्ने भनेको कलाले नै हो । अभिनय पनि राम्रो गर्नुपर्छ ।’

प्रतिक्षाले आफूले सुरुमा म्युजीक भिडियोमा मोडलिङ सूरु नगरेको भए अहिले चलचित्रमा आउने चाहना नआउने बताइन् ।

प्रतिक्षाले अन्जु पन्तको ‘माया मायाको’, प्रमोद खरेलको ‘यो धर्तीमा’, कृष्ण न्यौपानेको ‘अन्तीम चोटीमा’, स्वरुपराज आचार्यको ‘मीठो सपना’ रजीना रिमालेको ‘पिरै पिरमाथी’ अन्जना गुरुङको ‘अन्जानैमा’ लगायत ३ दर्जनबढी भिडियोमा अभियनय गरिसेकी छिन् ।

साथै पछिल्लो समय चलचित्रमा समेत व्यस्त प्रतिक्षाले ‘दुःखिला जीन्दगी’ ‘द मंगोलीयल हर्ट’ ‘विच्छि’ ‘टिनेज’ ‘समयको माग’ फिल्ममा समेत अभियन गरेकी छिन् । ति मध्ये विच्छि र टिनेज छ्ट्टिै चल्दैछ ।

अभिनय सम्बन्धी अध्ययन तथा नृत्य सिकेकी श्रृष्टीले थिएटरमा आफूलाई बढी रुची भएको बताउछिन् । विगतमा आफुले अफर आए जती म्युजीक भिडियोमा अभिनय गरेको बताउदै अव छानेर स्तरियतालाई भ्यान दिदै अभिनय गर्ने बताउछिन् ।

१५८३ पटक
प्रतिकृया दिनुहोस्
Loading...

Ad