OnlinePana

शारदा पहाडी, सिन्धुलीपौष २१, २०७३

 

भाइचाराको मन भए यो देश कस्तो हुन्थ्यो साथी ?
जाँगरिला जन भए यो देश कस्तो हुन्थ्यो साथी ?

 
आफ्नो खुट्टाँ उभिनलाई सकिएन आज पनि,
हाम्रो आफ्नो पन भए यो देश कस्तो हुन्थ्यो साथी ?


दुख लाग्छ पराइको चलखेल देख्नु पर्दा,
स्वाभिमानी तन भए यो देश कस्तो हुन्थ्यो साथी ?


अपार यो जलस्रोत सदुपयोग कैले होला ?
नाँङ्गा डाँडा वन भए यो देश कस्तो हुन्थ्यो साथी ?


जुटौं युवा गोकर्ण,जनार्दन र गगनहरु,
कलमसँगै घन भए यो देश कस्तो हुन्थ्यो साथी ?


राजतन्त्र फाले जस्तै फालौं अव गरिवीलाई,
छाक टार्ने धन भए यो देश कस्तो हुन्थ्यो साथी ?

२०३ पटक
प्रतिकृया दिनुहोस्
Loading...

Ad