OnlinePana

अनलाइन संवाददातापौष २१, २०७३काठमाडौं
७८ पटक

philipinesफिलिपिन्सको सुरक्षा फौजको कारबाहीमा तीन इस्लामिक स्टेट (आईएस) समूहसँग आबद्ध रहेका मुसलमान लडाकु समूह अन्सरुल खिलाफा फिलिपिन्सका प्रमुख नेता मोहम्मद जाफर मागुइडको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।
मागुइड अन्सरुल खिलाफा समूहको संस्थापक नेता रहेको र उनले इराक र सिरियामा आईएसद्वारा चलाइएको अभियानमा ऐक्यबद्धता जनाउन र उनीहरूको मन जित्न फिलिपिन्समा सर्वसाधारणमाथी आक्रमण गर्दै आएका थिए ।
फिलिपिन्सको अल्पसंख्यक मुसलमानहरूको बस्ती रहेको मिन्डानाओमा रहेको मुसलमान समूहमध्येको एक अन्सरुल खिलाफा र अन्य विद्रोहीद्वारा चलाएका आन्दोलनमा फिलिपिन्समा कम्तीमा एक लाख २० हजार मानिसको ज्यान गएको छ । मागुइड र उनका तीन सहयोगीलाई दक्षिणी शहर मिन्डानाओ एक द्वीपमा अवस्थित होटेलमा बसिरहेको अवस्थामा पिछा गरिएको र होटेलबाट भाग्ने प्रयास गर्दै गर्दा उनीमाथी गोली चलाइएको थियोे ।
मागुइडको सन् २०१५ समूहद्वारा फिलिपिन्सको शहरी पर्वका अवसरमा सहभागी मानिसलाई लक्षित गरी विष्फोट गराएपछि उनीमाथी सुरक्षा निगरानी बढाइएको थियो । मागुइडको समूहले शहरमा महोत्सवमा सहभागी जनतामाथी लक्षित गरी बम विष्फोट गराउँदा १५ जनाको मृत्यु भएको थियो भने दर्जनौं नागरिक घाइते भएको प्रमुख उपरीक्षक सेडरिक ट्रेनले बताए ।

प्रतिकृया दिनुहोस्
Loading...

Ad
Ad
Loading...