OnlinePana

अनलाइन संवाददातापौष २२, २०७३काठमाडौं
११३ पटक

चीनको खेलकुदको प्रमुख प्रशासकीय निकायले चाइनिज सुपर लिगका क्लबको खर्चको सीमा तोक्ने योजना ल्याएको छ । चाइनिज सुपर लिगका क्लबले अहिले प्रि–सिजन ट्रान्सफर विन्डो अन्तर्गत खेलाडी अनुबन्ध गरिरहेका छन् ।

चिनियाँ क्लबले ठूलो मूल्यमा खेलाडी अनुबन्ध गरिरहेकाले नयाँ कीर्तिमान बनाउने देखिएको छ । सांघाई एसआइपिजीले चेल्सीका ओस्कारलाई ६० मिलियन पाउण्डमा अनुबन्ध गरेको छ ।

चीनको खेलकुदको प्रमुख प्रशासकीय निकायका प्रवक्ताले सुपर लिगका क्लबले खेलाडी आवश्यक भन्दा बढी खर्च गर्नु ‘पैसा जलाए’ जस्तै रहेको बताएका छन् ।

प्रशासकीय निकायले क्लबहरुसँग अहिले भइरहेको खर्चका बारेमा सोधपुछ गरिरहेको छ । क्लबको आर्थिक सम्बन्ध, स्रोत तथा खर्चका बारेमा गरिने अनुगमनलाई थप कडा पारिने खेलकुद प्रशासकीय निकायले जनाएको छ ।

चिनियाँ क्लबले खेलाडीलाई ठूलो रकमको प्रस्ताव गर्ने गरेको खबर सार्वजनिक हुँदै आएको छ ।आर्थिक लाभका कारण खेलाडी चिनियाँ क्लबमा आकर्षित हुने गरेका छन् । सन् २०१७ को चाइनिज सुपर लिग मार्चमा सुरु भएर नोभेम्बरमा सकिनेछ ।

प्रतिकृया दिनुहोस्
Loading...

Ad
Ad
Loading...