OnlinePana

अनलाइन संवाददातापौष २२, २०७३काठमाडौं
१७०१ पटक

teenage-abortion-finalसमाज अहिले सामाजिक सञ्जाल फेसबुकका कारण हिजोभन्दा आज बढी ऊजागर हुँदै गएको छ । योसँगै समाजमा विविध घटना पनि बढ्दै गएको छ । हरेक कुराको दुईटा पक्ष हुन्छ एउटा राम्रो पक्ष त अर्को नराम्रो पक्ष ।

सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा अहिले युवा पिँढीमा बढी आकर्षण दिनानुदिन बढ्दै गएको छ । सामाजिक सञ्जालमार्फत कसैको मिलन त कसैको बिछोड पनि गराएका घटना बेला–बेलामा सार्वजनिक हुने गरेका छन् । यसै क्रममा अहिलेका टीनएजरका युवा युवतीहरू बढी यसमा भुलिने गरेका छन् । फेसबुकमार्फत नै कसैको मायासँग विवाहसमेत भएका घटनाहरू पनि धेरै छन् ।

सामाजिक सञ्जालकै कारण अहिलेको समयमा माया यत्ति ऊजागर भएका छन् की त्यसको सीमासमेत नाघेर मानिसहरू प्रेममा भुल्ने गरेका छन् । जसको परिणाम पछि गएर नराम्रो हुने गरेको छ ।

अहिले भर्खर भर्खर क्याम्पस बढेका युवायुवतीहरू दुईबीच गहिरो माया लाएसँगै प्रेम प्रस्ताव राख्नुको साथसाथै यौन सम्पर्क राख्ने कुरा सामान्य जस्तो भइसकेको अवस्था छ । जसले गर्दा भोलि त्यसले नराम्रो घटना निम्त्याउनेसमेत गरेको छ । जोशमा होस् गुमाउँदा यस्ता घटना अहिले बढी हुने गरेको पाइएको छ । एकले अर्कालाई माया गर्नु, प्रेम प्रस्ताव राख्नु नराम्रो होइन तर उमेर नपुग्दै एकले अर्काको दबाबमा त कसैले मायामा भुलेर असुरक्षित यौन सम्पर्क राख्ने जस्ता कारणले पाठेघरको पूर्ण विकसित नहुँदै गर्भवती हुने गरेको घटना धेरै छन् र पछि गएर समाजको डर र घरपरिवारले थाहाँ पाउने डरले राजधानीका विभिन्न स्थानमा खोलिएका सुरक्षित गर्भपतन लेखेको स्थानमा गएर हजारौँ खर्च गरेर गर्भपतन गराउने गरेको पाइन्छ । र, यसमा कमी आउनुको साटो उल्टो दिनानुदिन बढ्दै गएको एक चिकित्सकले बताएका छन् ।

यसरी गर्भपतन गराउन आउनेमा बढी जसो क्याम्पस पढ्ने विद्यार्थीहरू रहेको छ र यसमा पनि भर्खरै १८ देखि २० वर्ष उमेर समूहको रहेको चिकित्सकले बताए । चिकित्सककाअनुसार कोही कोहीँ फेरी फेरी आउने गरेको पनि पाइएको छ । उनीहरू शिक्षित भएर पनि गर्भधारण रोक्ने अस्थायी साधन हुँदाहुँदै पनि त्यस्ता चीजहरू प्रयोग गर्न हिच्किने गरेको पाइन्छ ।

अहिलेको समयमा आएर विवाह अघि नै यौन सम्पर्क गर्नु र पछि गएर गर्भपतन गर्ने सामान्य कुरा जस्तै हुँदै गएको छ तर यसले भोलि नकारात्मक असर पार्ने कुरामा भने खासै ध्यान दिने गरेको पाइँदैन । चिकित्सकहरूले गर्भपतन गराउन आउनेहरूलाई सम्झाउने गरेको पनि छ तर उनीहरूले त्यो कुरालाई सामान्य रूपमा लिने गरेको चिकित्सकले बताए ।

काठमाडौं उपत्यकामा खोलिएका यस्ता स्वास्थ्य क्लिनिकमा त्यसरी गर्भपतन गराउन आउने युवतीहरूको संख्या दिनमा सात जनादेखि १० जनासम्म पुग्ने गरेकोसमेत चिकित्सकले बताएका छन् । टीनएज लागेसँगै महिला पुरुषमा यौनको इच्छा बढ्नु सामान्य कुरा हो तर, बजारमा गर्भ रोक्ने अस्थायी साधनहरू धेरै छन् तर त्यसको प्रयोग नगरीकनै असुरक्षित यौन सम्पर्क गर्दा यस्तो घटना बढी हुने गरेको छ भने औषधी पसलमा गएर त्यस्ता साधनहरू किन्न जान लाज लाग्ने गरेको पनि चिकित्सकको भनाई छ । जसले गर्दा यौन रोग र एड्स जस्ता रोग लाग्ने सम्भावना पनि धेरै छ ।

यसमा दोषी समाजभन्दा पनि पारिवारिक वातावरणको कमी देखिएको अनुमान गर्न सकिन्छ । परिवारले आफ्ना छोराछोरी सही बाटोमा लागेको छ छैन त्यत्ति ध्यान दिएको पाइँदैन । छोराछोरीले क्याम्पस जानलाई भनेर र अरू विभिन्न बहाना बनाएर पैसा माग्ने गरेको र परिवारले पनि कुनै सोधपुछ नै नगरी त्यसरी पैसा दिनु, छोराछोरीहरूलाई परिवारले ध्यान नदिनु, मित्रताको व्यावहार नगर्नु जस्ता अनेक कारणले गर्दा यस्तो घटनामा वृद्धि भइरहेको सहजै अनुमान लगाउन सकिन्छ ।

त्यसैले आफ्ना सन्तानलाई राम्रो पदमार्गतर्फ लम्कन पारिवारिक वातावरणले ठूलो भूमिका खेलेको हुन्छ । यस कुरामा सबैले बेलैमा सचेत भएर यसतर्फ समय–समयमा ध्यान दिईरहनु अतिआवश्यक देखिन्छ । छोराछोरीको भविष्य बनाउन शिक्षासँगै पारिवारिक सम्बन्ध पनि बढी रहेको कुरामा कुनै दुई मत छैन ।

प्रतिकृया दिनुहोस्
Loading...

Ad
Ad
Loading...