OnlinePana

अनलाइन संवाददातापौष २२, २०७३काठमाडौं
२०५ पटक

नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा मौलिकता हराउंदै गएको अवस्थामा पछिल्लो समयमा आफ्नै गाउँ वस्ती कुना कन्दरामा घन्किने भाकाहरु पनि बजारमा आउने क्रम बढ्दो रहेको छ ।

सोहि अनुरुप तनहुँ बन्दीपुरको सेरोफेरोलाई लिएर बुद्धिराम सुनारले ” तनहुँ बन्दीपुर ” बोलको भाकालाई बजारमा सर्बत्र उपलब्ध गराएका छन् । प्रस्तुत गीतमा रेश्मी बिस्वकर्मा र बुद्धिराम सुनारको सुमधुर स्वर लहरी सजिएको छ भने बुद्धिराम सुनारको नै लय तथा शब्द सिर्जना हामीले यस गीतमा सुन्न सक्छौं ।

यस गीतमा गायिका रेश्मी बिस्वकर्मालाई बुद्धिराम सुनारले तनहुँ बन्दीपुर घुमाउन लैजाने प्रसङ्ग जोडिएको छ । स्थाई घर नेपाल र हाल कतारमा कार्यरत बुद्धिराम यस गीत बाट श्रोता तथा दर्शकहरुको माया पाएको खण्डमा फेरी पनि अन्य मौलिकता बोकेको गीत संगीतहरु बजारमा ल्याउने बाचा गर्दछन् ।

तसर्थ मौलिक गीतलाई माया गर्ने वा घृणा गर्ने त्यो आम श्रोता तथा दर्शकहरुको हातमा रहेको छ । प्रस्तुत गीतको म्युजिक भिडियो पनि निर्माण भैसकेको छ । भिडियोमा अभिनय बिमल अधिकारी र सारिका के.सी को रहेको छ ।

तनहुँ बन्दीपुर गीतको म्युजिक भिडियोलाई कपिल लामाले निर्देशन गरेका हुन् भने छायांकन सुरेस श्रेष्ठ र सम्पादन सुजन शाहीले गरेका छन् । यस गीतको अडियो तथा भिडियोको बजार व्यवस्थापक मालती डिजिटल रहेको छ । मालती डिजिटलका प्रबन्ध निर्देशक रामु खड्का हुन ! भिडियो हेर्न तल क्लिक गर्नु होला ।

प्रतिकृया दिनुहोस्
Loading...

Ad
Ad
Loading...