OnlinePana

अनलाइन संवाददातापौष २२, २०७३

renna
अमेरिकाको भर्जिनिया राज्यको मेकानिक्सभिलमा ३० बर्षीया नेपाली महिला रिना जादव (श्रेष्ठ)को हत्या भएको छ ।छिमेकीहरुले दिएको बयान अनुसार हत्या हुनेदिन राति ११ बजेतिर चिच्याएको आवाज सुनिएको थियो । हत्या भएको अर्को दिन बिहान ५ बजेर ४३ मिनेटमा रिनाको शव हानओभर काउन्टी प्रहरी कार्यालयले फेला परेको थियो । मृतक रिना र आरोपी उनका पति हर्षद कुमार जादव अर्कार्ड मिडो सडकको १० हजार १ सय भवनमा बस्दथे ।

उनी मृत अवस्थामा फेला पर्दा उनका पतिको कपडाले बेरिएको प्रहरीले प्राप्त गरेको छ । र, उनलाई धारिलो हतियार प्रहार गरेर मारिएको ठहर चिकित्सा अनुसन्धान परीक्षण अधिकारीले गरेका छन् ।

हानोभर काउन्टी प्रहरी अधिकृत अनुसार हत्या भएको घरनजिकै बारीमा उनको शव फेला पारेको थियो । उनको पति हर्षद कुमार जादवलाई पत्नीको हत्या गरेको अभियोगमा पक्राउ गरेर मुद्धा चलाइएको छ ।

११० पटक
प्रतिकृया दिनुहोस्
Loading...

Ad
Loading...