OnlinePana

अमेरिकामा नेपाली चेली रिनाको विभत्स हत्या, भारतीय मूलका पति पक्राउ

अदालतमा मुद्दा चल्दै, अनुसन्धान सकिएपछि फैसला हुने

विजय थापा, वाशिंगटन डिसीपौष २२, २०७३काठमाडौं
१७९ पटक

अमेरिकाको भर्जिनिया राज्यको मेकानिक्सभिलमा ३० बर्षीया नेपाली महिला रिना जादव (श्रेष्ठ)को हत्या भएको छ ।छिमेकीहरुले दिएको बयान अनुसार हत्या हुनेदिन राति ११ बजेतिर चिच्याएको आवाज सुनिएको थियो ।

हत्या भएको अर्को दिन बिहान ५ बजेर ४३ मिनेटमा रिनाको शव हानओभर काउन्टी प्रहरी कार्यालयले फेला परेको थियो । मृतक रिना र आरोपी उनका पति हर्षद कुमार जादव अर्कार्ड मिडो सडकको १० हजार १ सय भवनमा बस्दथे ।

उनी मृत अवस्थामा फेला पर्दा उनका पतिको कपडाले बेरिएको प्रहरीले प्राप्त गरेको छ । र, उनलाई धारिलो हतियार प्रहार गरेर मारिएको ठहर चिकित्सा अनुसन्धान परीक्षण अधिकारीले गरेका छन् ।

हानोभर काउन्टी प्रहरी अधिकृत अनुसार हत्या भएको घरनजिकै बारीमा उनको शव फेला पारेको थियो । उनको पति हर्षद कुमार जादवलाई पत्नीको हत्या गरेको अभियोगमा पक्राउ गरेर मुद्धा चलाइएको छ ।

भारतीय मूलका ३३ बर्षीय कम्प्युटर प्रोग्रामर जादवलाई जब उनको घरमा पक्राउ गरियो उनको साथमा १० का हजार डलर नगद तथा राहदानीसमेत बरामद गरियो ।

आरोपी जादव भाग्ने शुरमा हुनसक्ने बताएता पनि उनका वकिलले त्यो कानुनी परामर्शको लागि उनले रकम ल्याएको तर्क गरेका छन् ।

उनले धरौटीमा छुट्ने निबेदनलाई अदालतले अस्वीकार गरिएकोमा मृतक रिनाका दाजु गौरब जी श्रेष्ठले हर्ष व्यक्त अमेरिकी पत्रिका डब्लुटिभीआर डट कमले जनाएको छ ।

दाजु श्रेष्ठले रिनाले न्याय पाउने छिन् भन्ने कुरामा समेत आफू आशाबादी रहेको कुरा उक्त पत्रिकालाई बताएका छन् । उनले ३० बर्षसम्म संगै बसेकी आफ्नी बहिनीको हरेक कुरा सम्झना रहेको र झल्झली याद आउने गरेको उल्लेख गरेका छन् ।

छिमेकीहरुले दिएको बयान अनुसार हत्या हुनेदिन राति ११ बजेतिर चिच्याएको आवाज सुनिएको थियो । हत्या भएको अर्को दिन बिहान ५ बजेर ४३ मिनेटमा रिनाको शव हानओभर काउन्टी प्रहरी कार्यालयले फेला परेको थियो ।

मृतक रिना र आरोपी उनका पति हर्षद कुमार जादव अर्कार्ड मिडो सडकको १० हजार १ सय भवनमा बस्दथे ।

रिनाको बिबाह भएको ४ बर्ष भएतापनि सन्तान नभएको उनका दाजु गौरबले जानकारी दिए । अमेरिकाको श्रम दिवसको दिन बिहान रिनाको शव नजिक सवारी साधनको गाडीको बत्ती बलिरहेको र चालकतर्फको ढोका पनि खुला पाइएको थियो ।

उनका पतिलाई हानओभर काउन्टी सर्कुट अदालतबाट गिरफ्तारी अधिकार लिदै प्रहरीले रिनाको पतिको घरमा छापा मारेको थियो ।

दाजु गौरबका अनुसार रिना निकै प्रतिभाशाली कलाकार समेत थिइन् । स्रोत अनुसार रिना चित्र कला बनाउन रमाउने र बासुरी समेत बजाउने गर्ने गर्थिन । र बैंकमा काम गर्थिन । हर्षद कुमार जादवलाई पामुङ्के क्षेत्रीय कारागारमा राखिएको जानकारी प्रहरी अधिकृतले दिएका छन् ।

रिनाको हत्या गत सितम्बर ५, २०१६ तारिखमा भएको हो भने उनका आरोपी पति हर्षद कुमार जादवलाई सितम्बर १२, २०१६ तारिखमा गिरफ्तार गरिएको थियो । रिनाको दाहसंस्कार सितम्बर १०, २०१६ तारिख रिचमण्डस्थित ब्लिलेज स्टाप्ल्स मिलमा नजदिकका आफन्त तथा नातेदारबीच गरिएको समाचार स्थानीय पत्र पत्रिकाले लेखेका छन् ।

हत्याका आरोपी हर्षद कुमार जादवको अदालती प्रारम्भिक सुनुवाई गत डिसेम्बर १५ मा हानोभर जुभेनाइल एण्ड डोमेस्टिक रिलेसन डिस्ट्रिक कोर्टमा भइसकेको छ । अदालतमा मुद्दा चलिनै रहेको छ । अनुसन्धान सकिएपछि फैसला हुने सञ्चारमाध्यमले जनाएका छन् ।दैनिक नेपालबाट

प्रतिकृया दिनुहोस्
Loading...

Ad
Ad
Loading...