OnlinePana

अनलाइन संवाददातापौष २३, २०७३काठमाडौं
४६५ पटक

म केही दिन पहिला भुवनेश्वरी गाउँ विकास समितिको ग्वालटार पुगेको थिँए । हाम्रा अनन्य भित्र गौरव कार्कीले एक वालकको समस्या सुनिदिन अनुरोध गरे । म उनि संगै गए ।

कथा सुने झस्के जन्मदा नेपाली भएर जन्मिएका तर नेपलाी नभएका एक वालकको कथाले मेरो मन रुवायो । उनि अहिले ११ वर्षका भए । उनलाई पनि अरु साथी जसरी नै स्कुल गएर पढ्न रहर थियो । तर विधाता अरुका लागि वरदान भए । उनका लागि भने निष्ठर भए । कमलामाई नगर पालिका वडा नं. ९ अँधेरी निवासी सन्तोष सार्की हुन् उनि । उनले जान्दानजान्दै वावु कमाउन भनेर हिँडे । हिडेको हिँडेकै भए । संदैका लागि वेपत्ता भए ।

उनि संदैका लागि आएनन् । आमाले धेरै मायाँ गर्थिन । वावु आउलान् भन्दै पर्खेच वसिन् । आँखा टटए । हेर्दा हेर्दै थाकिन् । आज आउलान् भोली आउलान् भन्दा भन्दै दिन विते, महिना विते, हेर्दा हेर्दै वर्ष विते । उनि आएनन् । म ति वालकको कथा सुन्दै गएँ । आमाले उनलाई सारै माया गर्थिन् । वावु आज आएनन् ÷भोली आएनन् । कहिले आउँछन रु उनलाई थाहा भएन ।

विहान वेलुका कमाएर ल्याउने श्रीमान् संदैका लागि वेपत्ता भए । त्यो संगै संदैका लागि विहान वेलुका हातमुख जोर्न ति आमाका लागि धौ धौ भयो । उनि श्रीमान्को प्रतिक्षामा निरंतर वसिन् । तर श्रीमान अर्थात ती वालकका वावु आएन्न संदैका लागि आएनन् । आमा (ती वालकका आमा) दिक्क भईन् । एक जना दलित युवा संग उनको प्रेम सम्वन्ध भयो । उनले प्रेम गरेका ति युवालाई आफ्नो सर्त राखिन मेरो यो छोराको जन्म दर्ता गरि दिनु पर्छ ।

सुरुमा केही दिन त त्यो सर्त मानेकै थिए । पछी उनको मन एकाएक फेरियो । त्यो सानो वालकलाई लाठी र मुङरी गर्न थाले । खुकुरी लिएर मारि दिन्छु भन्दै धेरै पटक लगार्दै आए । विचरा त्यो सानो वालक लुक्दै हिँडे । भोगेर माओली आए । सुुकुम्वासी माओली हजुरवाउ र हजुर आमाको पछाडी लागे । सिन्धुलीमाढीको मुटुमै ति वृद्ध वुढावुढीको साहारामा ती साना वालक संदै संगै वसे ।

जिल्लाका राजनीतिक दल, पत्रकार, मानव अधिकार कर्मी, महिला अधिकार कर्मी, वाल अधिकारका क्षेत्रमा काम गर्ने गैर सरकारी कर्मीृ, प्रशासक, कर्मचारी सवै उनकै अगाडी वाट धेरै पटक हिँडे । हुजुर वा र हजरआमा संगै माग्न धेरै पटक हिँडे । तर कसैले त्यो वालकको पीडो सुनेने । हेरेन । हजुर वा भुवनेश्वरी का थिए ।

वुढा हजुरवाको जन्म भुमिमै मर्ने मनसाय संगै सिन्धुलीमाढीमा रैथाले भई मागेर जीविकोपार्जन गर्ने यो परिवार संदैका लागि भुवनेश्वरीको ग्वालटार पुग्यो । त्यहाँ पुगेको केही वर्ष मैँ त्यो सानो वालकलाई मायाँ गर्ने हजुर वा संदैका लागि संसार छोडर गए । त्यो सानो वालक संग एउटी वुढी हजर आमा अनि वन्दिजोर खोला, त्यो सुकुम्वासी झुप्रो मात्रै संदैको लागि रह्यो । उ अहिले ११ वर्षको भयो । उ जन्मदा उत्मदा उत्साह थियो होला । हुर्कँदो संगै उस्ले भोग्नु पर्ने जति दुःख सवै भोग्यो ।

उ अहिले नेपाली भए वापत पाउनु पर्ने जन्म दर्ताको प्रमाण पत्र पाएन । उ कहाँको हो भन्ने प्रमाण भएन रे यो राज्यलाई । पढ्न उस्लालाई असाध्यै रहरछ । उ विद्यालय पनि धेरै पटक गयो । तर उ को हो भनेर उ गएको कौसिका उच्च मावि ग्वालटारले चिेनेन रे । जन्म दर्ता ले अन्यथा पढ्न नआईज भन्यो विद्यालयले ।

जन्म दर्ता खोज्न गयो गाउँ विकास समितिमा तर म तँलाई चिन्दीन भन्यो गाउँ विकासले । उस्ले जन्म दर्ताको प्रमाण पत्र पउन निकै पहल ग-यो । तर कहिल्यै पाएन । कसैले दिएन । हिजोको ग्रामिण ईलाका मध्य पहाडी राजमार्गले छोए संगै सुगम भयो भुवनेश्वरीको ग्वालटार । सरकारी देखी ठुलठुला अन्तराष्ट्रिय र राष्ट्रिय गैर सरकारी संस्थाका कार्यक्रम त्यहीँ केन्द्रीत वनेका छन् ।

राजनीतिक दल देखी जिल्लाका प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, महिला विकास अधिकृत त्यहाँ धेरै पटक पुगी सकेका छन् । धेरैले यो वालकको कथा सुनेका छन् । तर कसैले उस्को जन्म दर्ताका लागि पहल गरेका छैनने । वास्ता पनि कसैलाई छैन । उ ११ वर्ष पुगी सकेको छ ।

उस्ले शिक्षाको पारीलो घाम ताप्ने अवसर गुमाउँदै छ । उ त्यो अवसरवाट वन्चित हुँदैछ । लाग्छ उ नेपाली भएर जन्मियो तर उ कानुनको दृष्टीमा संदैका लागि अनागरिक भयो । उस्को आवाज कस्ले सुन्छ ? को उस्का निम्ती विधाता वन्छ ?? कि उस्लाई नेपाली नागरि हो भन । कि उस्लाई अनागरिक हो भन ।

प्रतिकृया दिनुहोस्
Loading...

Ad
Ad
Loading...