OnlinePana

अनलाइन संवाददातापौष २३, २०७३

Thuldai-onlinepana

” कत्ती शुभ देखीएनन गर्भाधानका संकेतहरु
ऐया! आत्थु !शिथिल सदा विषपानका संकेत हरु

 

सदियौं देखिको यो सम्बन्ध रोटी बेटीकै हो हुन त
मीठो कम छ तीतो ज्यादा वर्तमानका संकेतहरु

 

भरपूर बैगुनी दखल छ हाम्रा स्वनिर्णयहरुमा
खलबल छ गुञ्जायमान विधानका संकेतहरु

 

तँ हेपाहा तँ छुल्याहा आपस आपसमै मानमर्दन छ
हेप्नै पर्ने घौच्नै पर्ने हाम्रा सोपानका संकेतहरु

 

सागर,बादल,वर्षातको सुखद चक्र छ प्रकृतिमा
हामी खोला नदीमा हेरौं त दोभानका संकेतहरु…..”

ठुल्दाइकाे फेसबुकबाट

१६१ पटक
प्रतिकृया दिनुहोस्
Loading...

Ad
Loading...