OnlinePana

अनलाइन संवाददातापौष २४, २०७३

भुकम्पको पिडाले मर्माहत वनेका नेपाली जनतालाई नाकावन्दीले दिएको अभाव पिडा र समस्याको विषयमा लोक दोहोरी मार्फत निकै विलौना पोखेका छन् गायक निकेष तमाङ्गले ।

डिजेल पेट्रोल खाध्यन्न लगाएतका अत्यावस्यक सामानको चर्को अभाव र त्यसमाथी कालो बजारीको विग विगीले नेपाली जनताले एक दम दुःख पाएको भन्दै सरकार पक्ष र विपक्षका सम्पुर्ण शिर्ष नेताहरु संग दोहोरी गीत मार्फत गुनासो पोखेका छन् ।

मधेसी जनताले अधिकार नपाएको पिडा पोखीरहदा हिमाली र पहाडी जनताको पनि मन दुखेकोले हामी नेपालीले हिमाल पहाड तराई यो जात उ जात भन्दा पनि सवैले नेपाली भन्नु पर्ने र यो परिस्थितीमा सवै नेपाली एक हुनुपर्ने सन्देश सहीत गीत समग्र जनताको घरमा चुलै वलेन…. नामक गीत लिएर प्रस्तुत भएका छन् ।

गायक निकेश तमाङ्गको प्रस्तुती रहेको यो गितमा राजेन्द्र सुवेदीको एकल शब्द / संगित रहेको छ भने स्वरमा निकेश तमाङ्गलाई चर्चित गायिका मिना अधिकारीले साथ दिएकी छन् ।

गायक निकेश तमाङ्गलाई सांगीतीक जिवनको सफलताको शुभकामना संगसगै यो गीतलाई पनि सफलताको शुभकामना
भिडिओ हेर्नुहोश

२९४ पटक
प्रतिकृया दिनुहोस्
Loading...

Ad
Loading...