OnlinePana

अनलाइन संवाददातापौष २४, २०७३

robat

विकास र प्रविधिमा निकै अघि बढि सकेको जापान रोबोट निर्माणमा विश्वकै प्रथम देशको रुपमा चिनिदै आएको हो ।मानिव सरह रोबोट निर्माणमा जापानका वैज्ञानिकहरु लागि परेका छन् । साथै केही हद सम्म भए पनि उनिहरुले यसमा सफलता पनि पाएका छन् । त्यसको एक उदाहरणका रुपमा जापानको एक विमा कम्पनीमा रोबोटले मानिसको स्थान ओगटेको घटनालाई पनि लिन सकिन्छ ।

जापानको फुकोकु म्युचुअल लाइफ इन्स्योरेन्स विमा कम्पनीले आफ्ना मानव कर्मचारीलाई हटाएर रोबोटलाई काममा लगाउन सुरु गरेको छ ।यस क्रममा उक्त कम्पनीका ३० जनाभन्दा धेरै कर्मचारीले जागिर गुमाउनेछन् र त्यसको ठाउँमा रोबोटले उक्त गागिर रोबोटलाई दिइने छ ।

तर घट्दो श्रमशक्तिको मार खेपिरहेको जापानका लागि भने रोबोट कर्मचारी वरदान सावित हुनेछ । श्रमक्षेत्रमा बढि भन्दा बढि रोबोटको प्रवेश गराउन सकिएमा त्यसले देशको घट्दो तथा बुढो बन्दै गएको जनसंख्याले सिर्जना गरेको समस्याको सम्बोधन गर्न सहयोग पुग्नेछ ।

रोबोट कर्मचारी भर्ना सुरु गरेको विमा कम्पनीले रोबोट कर्मचारीको भर्नाले दुई वर्षपछि प्रतिफल दिन सुरु गर्ने आशा गरेको छ । यी रोबोटहरु आइबिएमको वाट्सन एक्प्लोरर प्रविधिमा आधारित छन् । यो प्रविधिमा आधारित रोबोटले मानिसजस्तै सोँच्न र सिक्न सक्दछ ।

रोबोटहरुले विमितहरुले विमा दाबी गरी पेश गरेका मेडिकल प्रमाणपत्र, अस्पताल बसेका कागजात लगायतका कागजातहरुको अध्ययन गर्न सक्दछन् र विमितहरुलाई कति रकम विमा बापत दिनुपर्दछ भन्ने हिसाबकिताब गर्नसक्ने जापानी संचारमाध्यमहरुले जनाएका छन् ।

३४ पटक
प्रतिकृया दिनुहोस्
Loading...

Ad
Loading...