OnlinePana

अनलाइन संवाददातापौष २४, २०७३काठमाडौं
६१६ पटक

गायक इसक राई गायिका मिलन अमात्यको नजरमा राम्रो बन्ने प्रयास गरिरहेका छन् । आफ्नो बानी ब्यहोरा बताउँदै तिमीलाई कस्तो केटा मन पर्छ भन्दै सोधिरहेका छन् । तिम्रोसामु नम्बर वान हिरो बन्नेछु भन्दै उनी आफ्नो रवाफ देखाउँदैछन् ।

वास्तवमा यी सबै गायक इसकको सांगीतिक प्रस्तुति “मै त हुँ”मा समावेश शब्दहरू हुन् । विक्रम राईको शब्द तथा संगीतका साथै अमोस तामाङको एरेन्जमा उक्त गीतमा इसक राई र मिलन अमात्यले स्वर भरेका छन् ।

संगीता राई र राजकुमार थापाको अभिनय रहेको गीतको भिडियोलाई भुपेन्द्र तुम्बाहाम्फेले खिचेका हुन् भने निशान घिमिरेको सम्पादनमा प्रेम लामा गोफ्लेले निर्देशन गरेका छन् ।

प्रतिकृया दिनुहोस्
Loading...

Ad
Ad
Loading...