OnlinePana

अनलाइन संवाददातापौष २४, २०७३काठमाडौं
१६३ पटक

बेलायतमा एक महिलाले प्रेमीमाथि आक्रमण गरेको मुद्दामा २६ हप्ता जेल सजाय काट्ने भएकी छन् । बेलायतको ब्ल्याकबर्नकी ३४ वर्षकी डियन मार्गरेट क्लेटन आफ्ना प्रेमी सिमन हिलसहित साथीको घरमा खानाका लागि पुगेकी थिइन् ।

साथीको घरमा गफका सिलसिलामा त्यहाँ खानका लागि दिइएको “चिप्स” सकिएपछि डियनले भान्छामा गइ तरकारी काट्ने चक्कुले सिमनमाथि आक्रमण गरेकी हुन् ।

मुद्दा हेरीरहेका कानुनी अधिकारी प्रभिन अख्तरले यो घटना गएको नोभेम्बरमा भएको जानकारी दिँदै शनिबार ब्ल्याकबर्न अदालतले डियनलाई २६ हप्ताको जेल सजाय सुनाएको बताए ।

अख्तरले भने ‘सिमन हिलले सबै चिप्स खाइदिए जस कारण डियनको रिसको पारो चढ्यो, डियनले सिमनलाई थप्पड हाने र कोठाबाट बाहिरिइन जब भित्र आइन उनको हातमा चक्कु थियो र उनले त्यसैले सिमनको काँधमा प्रहार गरिन् ।’ डियनले सिमनमाथि आक्रमण गरेको स्वीकारेकी छन् ।

प्रतिकृया दिनुहोस्
Loading...

Ad
Ad
Loading...