OnlinePana

सदनमा हड्ताल, सडकमा रत्यौली !

लाग्थ्यो राजधानीको सडकको सम्पूर्णं लालपूर्जा उनीहरुको पार्टी कार्यालय धुम्वाराहीमा सुरक्षित छ.....

फणीन्द्र फुयालपौष २४, २०७३काठमाडौं
४३४ पटक

‘तराई–पहाड एउटै ज्यान, नेपाली हाम्रो पहिचान’ नारा घन्काउँदै प्रतिपक्षी दल नकेपा एमालले तीन दिन पहिले (शुक्रबार) सडकमा प्रदर्शन गर्यो । प्रदर्शनको अघिल्लो दिन एमालेका केहि युवाले मोटरसाईकलमा देश र पार्टीको झण्डा सिउरेर सडक कव्जा गरे ।

लाग्थ्यो राजधानीको सडकको सम्पूर्णं लालपूर्जा उनीहरुको पार्टी कार्यालय धुम्वाराहीमा सुरक्षित छ । सरकारको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित अन्य आठ दलले आयोजना गरेको जनसभापूर्वको पदयात्रामा राजधानी र देशका बिभिन्न जिल्लाबाट झिकाइएका जनताले प्रदर्शनीमार्गको सडक त भरे तर त्यो भन्दा धेरै जनताले काठमाडौंको सडकमा निकै सास्ती बेहोर्नु पर्यो ।

पुरानो बसपार्कबाट भक्तपुर जानका लागि तयार भएका केहि युवा युवती आपसमा भन्दै थिए, एमालेको सडक रत्यौलीले गर्दा आज गोत्ता पाइयो ।’ एमालेको प्रदर्शनको अघिल्लो दिन सडकमा मोटर साइकल र्यालीका कारण पनि राजधानीमा सार्वजनिक सडक र सवारी प्रयोकर्ताहरु सडक जाम बेहोर्नु परेकामा निकै आक्रोशित देखिन्थे ।

उनीहरु एमाले सत्ताबाहिर एक निमेष पनि बस्न नसक्ने भएकै कारणले गर्दा सत्ताका लागि सडकमा नौटंकी देखाएर जनतालाई सास्ती मात्रै दिएकोमा आक्रोश पोखिरहेका थिए ।

एमालेले काठमाडौं उपत्यकाका विभिन्न २२ स्थानबाट मातहतका कमिटी र पेसागत संस्थालाई तुल, राष्ट्रिय झन्डा, पार्टीको झन्डा तथा चुनाव चिह्न र तोकिएको कार्यकर्तासहित सडकमा आउन निर्देशित गरेअनुसार उनीहरु आन्दोलनमा उत्रिएका थिए ।

कार्यकर्ताहरु यति उदण्ड स्वभावमा प्रस्तुत थिए की उनीहरु सडक किनारमा रोपिएका फूल र बोट बिरुवाहरु उखेल्दै र हाँगा भाच्दै हिँडेका थिए । उनीहरुले पार्टीको कार्यक्रममा चन्द्र सुर्य अंकित देशको राष्ट्रिय झण्डा बोक्नु र त्यहि झण्डा कहिले भुईँमा ओछ्याएर बस्नु र कहिले त्यहि झण्डाले जुत्ता पुछ्नु एमालेको ‘सच्चा राष्ट्रवाद’ प्रदर्शन भएको थियो ।

प्रदर्शनीमार्गबाट पद्मोदय मावितर्फ फर्किएको मञ्च र सहभागी जनसमूहलाई आकाशबाट सुरक्षाकर्मीको ‘ड्रोन क्यामेरा’ले अनुगमन गरेको थियो । एमालेका नेताहरु जनमास धरै भएकाले क्यामराको लेन्सले खिच्न नभ्यार ड्रोनको प्रयोग गरेको तर्क गर्छन ।

उनीहरु केहि दिनपछि मधेश केन्द्रीत सभा गर्ने र त्यसबेला सेटेलाइटमार्फत जनमास खिच्नु पर्ने तर्क पनि गर्छन् । तर राजधानीको अनामनगरस्थित एक चिया पसलमा केहि राजनीतिक ‘एलिट’हरु भन्दै थिए, तराईको आन्दोलनमा सेटेलाइटले खिच्ने एमालेको पूर्व तयारी र पूर्वानुमान सतप्रतिशत ठिक छ ।

किनकी तराईमा एमालेको सभा र कार्यक्रममा कोहि पनि जनता उपस्थित हुने छैनन् । त्यसैले सेटेलाइटले माथिबाट एक एक जना मानिस खोज्दै खिच्दै गरेर देखाउने होला ! सत्ताबाट बाहिरिनु परेको झोंकमा यतिबेला एमाले यस्तो भोको बनिसकेको छ कि उसलाई सत्तामा रहँदा राष्ट्रियता कत्तिपनि संकटमा परेको भान हुँदैन ।

जव ऊ सत्ताको भत्ताले मैमत्ता हुन पाउँदैन तव उसलाई राष्ट्रियता निकै संकटमा परेको भान हुन्छ । एमालेको लहलहैमा लागेका नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेकपा माले, लगायतका केहि साना दलहरु पनि यतिबेला एमालेको धोती समातेर सती जान तम्तयार भई घाटतर्फ उन्मुख छन् ।

एमाले लगायतका ती दलहरुलाई थाहा छैन कि, थाहा पाएर पनि बुझ पचाएका हुन् रु संविधान यस्तो बस्तु होइन जुन ढुंगाको मसिले ढुंगाकै कापीमा लेखिएको शिलालेख हो । संविधान त यस्तो बस्तु र हो जुन समय सन्दर्भ बमोजिम चलायमान र फेरबदल भइरहन्छ ।

यो एउटा प्रगतिशिल दस्तावेज हो, जसले सवै समुदायका आवाजहरुलाई मुखरित गर्दे राष्ट्रलाई समृद्धि र सबै भूगोल, लिंग, जनजाती, र समूदायका जनतालाई अधिकार सम्पन्न पार्ने छ ।

एमाले लगायतका आन्दोलनरत दलहरुले यो बुझ्नु जरुरी छ कि भारतको बिरोध गर्नु मात्र राष्ट्रियता होइन् । यदि एमालेलाई आफ्नो एजेण्डा सहि लाग्छ र आफ्ना सांसदहरुको पूर्णं विश्वास छ भने सदनमा दर्ता भएको संविधान संशोधन प्रस्तावको विपक्षमा मतदान गरे भईहाल्यो नी ।

यो लोकतान्त्रिक, गणतान्त्रिक र प्रजातान्त्रिक मूलुकमा सवैका आ आफ्नै अडान, आवाज र अधिकार हुन्छन् । एमालेले पनि आफ्नो पक्षमा रिजल्ट निकाल्ने हो भने आफ्नो कोर्टमा आएको बललाई च्याप्प हातले समातेर राख्ने होइन कि अब त्यसलाई हिम्मतका साथ बिपक्षीको कोर्टमा फ्याक्न सक्नुपर्छ । त्यसैले एमाले जस्तो जिम्मेवार राजनीतक दलले केटाकेटीपना र बाल हठ त्यागेर सदन चल्न दिनुपर्छ ।

उसले सदनमा संशोधनको विपक्षमा मतदान गर्न सक्छ । हार र जितको फैसल्ला हुने खेलमा एमालेले खुट्टा कमाएर खेल बहिस्कार गर्नुको कुनै पनि तुक छैन । नत्र त्यसको रिजल्ट फेरी पनि खुला मैदानमा हुने स्थानीय चुनावी खेलमा नराम्रो नतिजा हात पार्न बाध्य हुनुपर्नेछ ।अखवार दैनिकबाट साभार

प्रतिकृया दिनुहोस्
Loading...

Ad
Ad
Loading...