OnlinePana

अनलाइन संवाददातापौष २५, २०७३

चेल्सीका कप्तान जोन टेरीले एफए कप अन्तर्गतको खेलमा सिधै रातो कार्ड पाए । एफए कप अन्तर्गत आइतबार राति लिग वान क्लब पिटरबोरोसँगको खेलको क्रममा ६७ औं मिनेटमा टेरीलाई रेफ्रीले रातो कार्ड देखाएका हुन् ।

टेरी गएको अक्टोबर यता पहिलो पटक मैदानमा फर्किएका हुन् । यही खेलमा उनी रातो कार्ड खाँदै मैदानबाट बाहिरिए ।

रेफ्री केविन फ्रेण्डले लि एंगोलोलाई फल गरेकोमा टेरीलाई रातो कार्ड देखाएका हुन् । तर चेल्सीका प्रशिक्षक एन्टोनी कोन्टेले रेफ्रीको निर्णय गलत रहेको बताएका छन् ।

टेरीको रेड कार्डका सम्बन्धमा अभिल गर्ने तयारी गरिएको प्रशिक्षक कोन्टेले बताएका छन् । यो खेलमा चेल्सी ४–१ ले विजयी भयो ।

२४४ पटक
प्रतिकृया दिनुहोस्
Loading...

Ad
Loading...