OnlinePana

अनलाइन संवाददातापौष २५, २०७३

प्रतिबन्धित हजार र पाँच सय दरका नेपालमा रहेका नोट साट्नेबारे आवश्यक छलफल गर्न भारतले पत्राचार गरेको छ ।परराष्ट्र मन्त्रालयमार्फत पठाइएको उक्त पत्र राष्ट्र बैंक आइपुगेको गभर्नर चिरञ्जीवी नेपालले जानकारी दिए ।

‘आवश्यक छलफल गर्न सरकारी प्रतिनिधि टोली पठाइदिन भारतले पत्र पठाएको छ,’ गभर्नर नेपालले भने ।

गत नोभेम्बर ८ मा भारतमा हजार र पाँच सय दरका नोटमा प्रतिबन्ध लागेपछि नेपालमा रहेका नोट के हुने भन्ने अन्योल थियो ।भारतीयहरुलाई डिसेम्बर ३० सम्मको समय दिएको थियो । उक्त समयसम्म पनि नेपालमा रहेका नोटबारे कुनै टुंगो लागेको थिएन ।

अब भने राष्ट्र बैंक, अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका प्रतिनिधि सम्मिलित टोली भारतमा छलफल गर्न जाने गभर्नर नेपालले बताए ।

‘पत्राचार गरेरै आउनु भनेपछि भारत साट्नका लागि सकारात्मक देखिन्छ,’ उनले भने, ‘छिट्टै समस्या समाधान हुनेमा विश्वस्त छु ।’ खबर आजको कान्तिपुर दैनिकमा खबर छ।

२६० पटक
प्रतिकृया दिनुहोस्
Loading...

Ad
Loading...