OnlinePana

अनलाइन संवाददातापौष २५, २०७३

laptop

गेमिङ कम्प्यूटर बनाउने कम्पनी रेजरले एक अलग किसिमको ल्यापटप ल्याएको छ। अमेरिकाको लस भेगसमा आयोजित कन्जुमर इलेक्ट्रोनिक्स शोमा सार्वजनिक गरिएको यो ल्यापटपमा तीन वटा स्क्रिन छन्। तीन वटै ४ के स्क्रिन भएको यस्तो खालको पोर्टेबल ल्यापटप विश्वमै पहिलो भएको कम्पनीको दाबी छ।

बीचको स्क्रिनबाहेक अन्य दुई स्क्रिन स्लाइड गर्न मिल्ने छन्। तीन वटै स्क्रिन १७ इञ्चका छन्। तीन स्क्रिन भए पनि यो फोल्ड गर्दा भने मात्र १ दशमलव ५ इञ्चको हुन्छ।

९६ पटक
प्रतिकृया दिनुहोस्
Loading...

Ad