OnlinePana

अनलाइन संवाददातापौष २५, २०७३काठमाडौं
९४ पटक

iran

इरानका पूर्व राष्ट्रपति अलि अकबर हाशमी रफसन्जानीको ८२ वर्षको उमेरमा निधन भएको छ । उनको राजधानी तेहरानको एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । हृदयघात भएपछि रफसन्जानीलाई

अस्पतालमा भर्ना गरिएको सरकारी सञ्चार माध्यमले जनाएका छन् । सन् १९८० पछि उनलाई इरानमा शक्तिशाली नेताको उदयमान भएको मानिन्छ ।

१९८९ देखि १९९७ सम्म उनी राष्ट्रपतिमा रहेका थिए । भने सन् २००५ को चुनावमा हार व्यहोरे । पूर्व राष्ट्रपतिको निधनमा शोक व्यक्त गर्दै इरान सरकारले तीन दिन राष्ट्रिय शोकको घोषणा गरेको छ ।

प्रतिकृया दिनुहोस्
Loading...

Ad
Ad
Loading...