OnlinePana

अनलाइन संवाददातापौष २५, २०७३काठमाडौं
५०० पटक

नेपाल टेलिकमले आफ्ना प्रिपेड ग्राहकहरूलाई लक्षित गरी क्रेडिट सुविधा उपलब्ध गराउने भएको छ ।

यसअघि निजी सेवा प्रदायक एनसेलले मात्र यो सुविधा दिँदै आएकोमा अबदेखि नेपाल टेलिकमले पनि ‘सापटी योजना’ ल्याउने तयारी थालेको टेलिकमका सहायक प्रवक्ता सोभन अधिकारीले जानकारी दिएका छन् ।

त्यसरी दिने रकमको सीमा कति हुने, भुक्तानीको प्रक्रिया के हुने भनेर अहिले नै निक्र्यौल भईनसकेको तर त्यसको लागि टेलिकमले प्राविधिक तयारीलाई तीब्रता दिएको अधिकारीले जानकारी दिए ।

हिजो मात्र टेलिकमकी महाप्रबन्धक कामिनी राजभण्डारीले पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै टेलिकमले क्रेडिट सुविधा उपलब्ध गराउने बताएकी थिइन् ।

प्रतिकृया दिनुहोस्
Loading...

Ad
Ad
Loading...