OnlinePana

अनलाइन संवाददातापौष २५, २०७३

married

भारतको कोलकातामा बलात्कारको अभियोगमा सजाय काटिरहेका एक आरोपीले पीडित महिलासँग विवाह गरेका छन् ।सजाय काटिरहेका मनोज कुमारले ८ वर्षपछि पीडित महिलासँग विवाह गर्ने निर्णय लिएको टाइम्स अफ इन्डियाको अनलाइन संस्करणले जनाएको छ । गत बुधवार मनोजले पीडित महिलालाई पत्नीको दर्जा दिएका हुन् ।

प्रहरीका अनुसार बलात्कृत महिलाले एक बच्चा पनि जन्माएकी छिन् । बच्चा जन्मिएपछि ती आरोपी व्यक्तिलाई विवाहको दबाब थियो । विवाह जेलभित्रै भएको जनाइएको छ ।

दोषी मनोज कुमारले २९ डिसेम्बरमा दोषी भएको फैसला अदालतले दिएको थियो । सन् २०१० मा प्रहरीले मनोजलाई पक्राउ गरेको थियो । मनोजले ती युवतीलाई बोलाएर बलात्कार गरेको उल्लेख छ ।

७३ पटक
प्रतिकृया दिनुहोस्
Loading...

Ad