OnlinePana

अनलाइन संवाददातापौष २५, २०७३

deepa

रेडियो र सानो पर्दामा हाँस्य अभिनेत्रीको पहिचान बनाएकी दीपाश्री निरौला नायिका, निर्मात्री हुँदै अहिले चलचित्र निर्देशका रूपमा नयाँ पहिचान बनाएकी छिन् । छएकान छ र वार्ड नम्बर ६ चलचित्रमा निर्माता र नायिकाको रूपमा रहेकी उनी चलचित्र छक्कापञ्जाबाट भने निर्देशकका रूपमा देखा परेकी छिन् । लामो समयदेखि कलाकारिताको विभिन्न विधामार्फत सफलता प्राप्त गरेकी निरौला व्यस्त नेपाली कलाकारमध्येकी एक हुन् ।

कार्यक्रमका सिलसिलमा विदेश भ्रमण गर्ने कलाकारको सूचीमा अग्रस्थानमा आउने निरौलासँग नेपालको पर्यटन क्षेत्रको स्थिति र नेपाली चलचित्र क्षेत्रको सम्बन्धका बारेमा अनलाइनपानाडट कमको लागि गोमा थापाले गरेको संक्षिप्त कुराकानी ।

दीपाजी, हिजोआज केमा व्यस्त हुुुनुहुुन्छ  ?

सम्रगमा भन्नुपर्दा म छक्कापञ्जामा नै व्यस्त छु ।

यहाँले सुटिङका लागि उपयुक्त तर चलचित्रकर्मीले कभर गर्न नसकेको नेपालको कुनै स्थान देख्नु भएको छ ?
चलचित्रमा कथाले मागेअनुसारको दृश्य प्रस्तुत गर्ने हो । लगभग हामीले कथाअनुसारको दृश्य नै दिएका छौं। सिन कभर गर्न नसकेको छैन ।

यहाँले धेरै नाम सुनेको तर जान नपाएको कुनै त्यस्तो ठाउँ छ ?
घुम्न त धेरै मन छ, धेरै ठाउँको बारेमा सुनेकी छु । तर मलाई असाध्यै जान मन लागेको ठाउँ ताप्लेजुङको पाथीभारा हो । समय मिलिरहेको छैन । समय मिल्न साथ पाथीभारा जान्छु ।

फुर्सद हुना साथ कुन ठाउँ जान मन पराउनुहुन्छ ?
म त समय भयो कि विराटनगर नै जान्छु । केही दिन बसेर आउँछु ।

तपाईंलाई स्वदेशका कुन–कुन ठाउँ मन पर्छ ?
नेपाल प्राकृतिकरूपले भरिपूर्ण देश हो । यहाँका सबै ठाउँ सुन्दर छन् । विशेषगरी मलाई मनपर्ने ठाउँ
पोखरा, बन्दीपुर, रोल्पा, मुस्ताङ हो । ती ठाउँमा धेरैपटक पुगेकी छु । मलाई खास गरी पहाडी क्षेत्रमा जान मन पर्छ । जहाँबाट प्राकृतिक सौन्दर्यताको आनन्द प्राप्त गर्न सकियोस् ।

तपाईंलाई नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न के गर्नुपर्छ जस्तो लाग्छ ?
नेपाल आफैंमा सुन्दर देश हो । नेपालमा त्यस्ता धेरै ठाउँ छन् जसले विदेशका पर्यटकीय ठाउँलाई पनि चालेन्ज गर्न सक्छन् । नेपालको प्राकृतिक सुन्दरता, यहाँको हावापानी, संस्कृति सबै चिजको हामीले प्रवद्र्धन गर्नुपर्छ । पछिल्लो समय भूकम्प र नाकाबन्दीले पारेको नकरात्मक प्रभावबाट हामी विस्तारै तङग्रिदै आएका छौं
। नेपाल सुरक्षित छ, घुम्नका लागि उपयुक्त छ भन्ने सन्देश दिन तपाई सञ्चारकर्मी साथीहरूले पनि विशेष ध्यान दिनुपर्छ । हामी सबै मिलेर नेपालमा धेरैभन्दा विदेशी पर्यटक ल्याउनुपर्छ । आन्तरिक पर्यटनको पनि प्रवद्र्धन गर्नुपर्छ

भूकम्प र नाकाबन्दीका कारण नेपालको पर्यटन क्षेत्रमा नकारात्मक असर परेको छ, भन्न खोज्नुभएको हो ?
नेपाल निकै सुन्दर छ । प्राकृतिक प्रकोप वा अरु कारणले यहाँको सुन्दरता छेक्न सक्दैन । कयौं देशमा पनि यस्ता प्राकृतिक प्रकोपदेखि दिएर विभिन्न घटना घटिरहेका हुन्छन् । नेपालको पर्यटन क्षेत्र सुरक्षित छ । केही भौतिक संरचनामा क्षति भएको छ । अझै नेपालका धेरै सम्पदा र प्राकृतिक सुन्दरता हेर्न लायक छन् । गलत सुचना फैलाउन दिन हुदैन
। यसतर्फ सरकार, निजी क्षेत्र, पेशाकर्मी सबै गम्भीर हुनुपर्छ ।

२४४ पटक
प्रतिकृया दिनुहोस्
Loading...

Ad