OnlinePana

अनलाइन संवाददातापौष २६, २०७३

स्वस्थ्य क्षेत्रमा दुर्गमका रिक्त पदमा कर्मचारी जान छाडेका छन् ।दुर्गममा गएर सेवा गर्नु पर्ने भएपछि स्वास्थ्य मन्त्रालयले आहृवान गरेको रिक्त पदमा न्यून चिकित्सकले मात्र दर्खास्त दिएका छन् ।

मन्त्रालयले विभिन्न समूहमा गरी १ सय ५८ कन्सलटेन्ट पदका लागि दर्खास्त मागेको थियो । तर ९० जनाले मात्र दर्खास्त दिएका थिए । अन्तरवार्तामा दुई जना अनुपस्थित रहे भने ८८ जना पास भए ।

८८ मध्ये पनि २९ जनाले मात्रै नियुक्ति लिए । बाँकी चिकित्सकले नियुक्ति लिनै मानेका छैनन् । नवौं तहको विशेषज्ञ चिकित्सकले सुख्खा तलबमा मात्रै दुर्गममा जान नमानेको स्वास्थ्यमन्त्री गगन थापाले बताएका छन् ।

‘सुख्खा तलबमा जान मान्दैनन्, अरु दिने आधार छैन । मन्त्री थापाले भने, ‘अब दुर्गममा घुम्ती चिकित्सक परिचालन गर्नुको विकल्प छैन ।’आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

२०१ पटक
प्रतिकृया दिनुहोस्
Loading...

Ad
Loading...