OnlinePana

अनलाइन संवाददातापौष २६, २०७३

आज मोरङ पुगेका एमाले अध्यक्षले अर्थपूर्ण अभिव्यक्ति दिदैँ भनेका छन्– केही दिनमै राजनीतिक गतिरोधको निकास निस्कन्छ ।सबैले देख्नेगरी, बुझ्नेगरी निकास निस्कन्छ । संसदको प्रक्रियाबाटै निकास निस्कन्छ ।

यसको अर्थ संविधान संशोधन विधेयक असफल पारेर मुलुकलाई निर्वाचनमय बनाउने उनको संकते थियो ।प्रधानमन्त्रीलाई विधेयक पेश गर्नैपर्ने बाध्यता, ओलीलाई विधेयक राष्ट्रघाती सावित गरेर असफल पार्नै पर्ने चुनाव जित्न मार्ग निर्माण गर्नैपर्ने स्थिति । दुबैको वीन वीन मार्गबाट अघि बढ्ने संकेत थियो ओलीको ।

ओलीले मोरङबाटै मधेसी दलहरुलाई कसैको जिद्दी र अहंकारको कुरामा चुनाव रोकिन्न, अव चुनावतिर लाग्दैपर्छ भनेर टण्ट हान्न भने पछि परेनन् ।

ओली भन्छन्, मधेस गइन्छ, कसैले लघार्छु भन्दैमा पछि हटिन्न भन्ने जवाफ दिन जिल्ला अधिवेशनको उद्घाटनको नाममा आज मोरङ उत्रेका हुन् ।

११८ पटक
प्रतिकृया दिनुहोस्
Loading...

Ad