OnlinePana

अनलाइन संवाददातापौष २६, २०७३

ronaldo
जुरिच – बेस्ट फिफा फुटबल अवार्डको पहिलो संकरणमा क्रिस्टियानो रोनाल्डो वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन् ।जुरिचमा आयोजित समारोहमा ३१ वर्षीय रियल म्याड्रिड र पोर्चुगलका फरवार्ड रोनाल्डोले ला लिगाका प्रतिद्वन्द्वी बार्सिलोनाका लियोनेल मेस्सी र एथ्लेटिको म्याड्रिडका एन्टोनी ग्रिजमानलाई पछि पार्दै उपाधिमाथि कब्जा जमाएका हुन् ।

क्लबका लागि च्याम्पियन्स लिग तथा देशबाट युरोकपको उपाधि जितेका रोनाल्डोले गत डिसेम्बरमा बालोन डि’ओरको उपाधि पनि जितेका थिए ।

लेस्टर सिटीका प्रशिक्षक क्लाउडियो रानिएरी उत्कृष्ट पुरुष टोलीको प्रशिक्षक तथा जमर्नीकी पूर्व प्रशिक्षक सिल्भिया नेइडले महिला फुटबल प्रशिक्षकको उपाधि जितिन् ।पेनाङका मोहद फाइज सुब्रीले उत्कृष्ट गोलका लागि पुस्कास अवार्ड हासिल गरे ।

६५ पटक
प्रतिकृया दिनुहोस्
Loading...

Ad