OnlinePana

अनलाइन संवाददातापौष २६, २०७३

trump

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना कलिला ज्वाइँ जरेद कुस्नेरलाई ह्वाइटहाउसको वरिष्ठ सल्लाहकारमा नियुक्त गर्ने जनाएका छन् ।

गएको नोभेम्बरमा भएको राष्ट्रपतीय चुनावमा कुसनरले आर्थिक चाँजोपाँजो मिलाउन मुख्य भूमिका खेल्नु भएको थियो । यो नियुक्तिका लागि सिनेटले स्वीकृत दिनु पर्दैन ।

वरिष्ठ सल्लाहकारमा नियुक्त भएपछि कुसनरले कुनै तलब भत्ता नलिने बताएका छन् । कुसनर ससुरा ट्रम्पजस्तै घर जग्गा व्यवसायी हुन् । तर कलिलो उमेरका ज्वाइँलाई यतिठूलो जिम्मेवारी सुम्पने भएसंगै ट्रम्पको आलोचना तीव्र भएको छ ।

आलोचकहरुले सरकारी नियुक्तिमा आफ्ना नातेदारलाई नियुक्त गर्नु अमेरिकी भाइभतिजावाद कानूनको उल्लंघन हुने पनि बताएका छन् ।नातावादको बारेमा बहस गर्नका लागि प्रमुख प्रतिपक्षी डेमोक्रमेटिक पार्टीले बैठक नै बोलाएको छ । एजेन्सी (

१९६ पटक
प्रतिकृया दिनुहोस्
Loading...

Ad