OnlinePana

अनलाइन संवाददातापौष २६, २०७३

gold-sun-chadi-onlinepana

सुनको मूल्य आज पनि बढेको छ । ५२ हजार देखिनै उकालो लागेको बजार लगातार बढिरहेको छ । साताको पहिलो दिन आइतबार देखिनै बढेको छापावाल सुन आज तीन सय रुपैँयाले बढेको हो ।

सोमबार ५३ हजार ८ सयमा कारोबार भएको छापावाल सुन मंगलबार ५४ हजार एकसय रुपैँयामा कारोबार भैरहेको छ । छापावाल सुन संगै तेजाबी सुनमा पनि समान तीन सय रुपैँयाले वृद्धि भएको छ । तेजाबी सुनको आजको मूल्य ५३ हजार ८ सय ५० कायम भएको छ भने चाँदीको भाउ पनि सामान्य बढेको छ । चाँदीमा ५ रुपैँया बढेर ७ सय ८५ रुपैँया मूल्य कायम भएको छ ।

अन्तराष्ट्रिय बजारमा लगातार सुनको मूल्य वृद्धि भएकै कारण नेपालमा पनि यसको प्रभाव परेको सुन चाँदी ब्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए ।

११८ पटक
प्रतिकृया दिनुहोस्
Loading...

Ad
Loading...