OnlinePana

अनलाइन संवाददातापौष २६, २०७३काठमाडौं
३११ पटक

anuvab-regmi

एउटै नामले सबैभन्दा धेरै नेपाली सिनेमा निर्माण गर्ने निर्देशक हुन् विकासराज आचार्य । उनले ‘नाई नभन्नु ल’ बाट सुरु गरेर ‘नाई नभन्नु ल ४’ सम्म रिलिज गरिसकेका छन् । उनका चारवटै चलचित्र सफल पनि भए । चारवटै चलचित्र मन पराएका दर्शक अहिले ‘नाई नभन्नु ल ५’ को प्रतिक्षामा छन् । विकासका सहकर्मी र निकट साथीको सल्लाह पनि ‘नाई नभन्नु ल ५’ बनाउनु पर्‍यो भन्ने नै छ । विकासले पनि ‘नाई नभन्नु ल ५’ बनाउने तयारी गरिसकेको खबर थियो ।

तर विकास ‘नाई नभन्नु ल ५’ निर्माणमा नभयर अर्कै सिनेमा निर्माणमा जुटे । ‘नाई नभन्नु ल ५’ छाडेर अर्को नयाँ चलचित्रको काममा जुटेका आचार्यले आफू अर्को एउटा नयाँ चलचित्र निर्माणमा लागेको र ‘नाई नभन्नु ल ५’ अर्को वर्ष निर्माण हुने जानकारी दिए ।

विकासले चलचित्रका मुख्य कलाकार अनुभव रेग्मीका कारण निर्माणको काम एक वर्ष पर सरेको बताए । अनुभव अहिले चलचित्रकै लागि स्वीमिङ सिकिरहेका छन् । तर कथा अनुसार अनुभवको उमेर नपुग्दा निर्माणमा ढिलाइ हुने भएको हो ।
अनुभव अहिले ११ वर्ष भए ।

तर सिक्वेल ५ को कथामा उनको उमेर १२ देखि १३ वर्ष हुनु पर्ने भएकाले सिनेमा निर्माण कार्य एक वर्ष पर सरेको हो । फर्सिनेटवर्कबाट साभार

प्रतिकृया दिनुहोस्
Loading...

Ad
Ad
Loading...