OnlinePana

अनलाइन संवाददातापौष २७, २०७३

horse

एजेन्सी ब्राजिलमा यस्तो घटना भएको छ जसले त्यहाँ उपस्थित सबैको आँखामा आँशु छल्काइदियो । ३४ वर्षका वागनर डे लीमाको हालै सडक दुर्घटनामा ज्यान गएको थियो ।

जब उनको शवलाई घरमा ल्याई त्यसलाई कफनमा राखेर अन्त्येष्टिका लागि लैजाने तयारी भैरहेको थियो तब अनौठो घटना भयो । शवलाई अन्त्येष्टिका लागि लैजाने बेलामा ठ्याक्कै मृतक वागनरले घरमा पालेको सेतो रंगको घोडा आइपुग्यो ।

सेरेनो नामक उक्त घोडाले कफनमा टाउको राख्यो अनि जोडजोडसँग हिनहिनाउन थाल्यो । घोडाको यस्तो अवस्था देखेर मृतकका परिवार तथा आफन्तले आँशु थाम्न सकेनन् । वातावरण नै स्तब्ध भयो ।

मृतक वागनरका भाइले बताए अनुसार उक्त घोडाा वागनरको निकै प्यारो थियो । त्यसैले आफ्नो दाइको अन्तिम संस्कारअघि उनले दाइको शवलाई अन्तिम पटक देखाउनका लागि प्रिय घोडालाई त्यहाँ ल्याएका थिए ।

११५ पटक
प्रतिकृया दिनुहोस्
Loading...

Ad